महिला भलिबल टिमलाई जर्सी सहयोग !

E Naya Khabar Reporter २०७६ मंसिर ११ गते बुधवार | खेलकुद, समाचार

 

प्रवेश बिष्ट:- मोरङ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई इंग्ल्याण्डको एल्डरशट भलिबल क्लबले खेल पोशाक सहयोग गरेको छ ।nएल्डरशटले नेपाली टिमलाई एक एक सेट जर्सी र निक्याप सहयोग गरेको हो। पूर्व राष्ट्रिय खेलाडी परिक्षा गुरुङको पहलमा एल्डरशटले खेलाडीलाई जर्सी सहयोग गरेको हो। एल्डरशटका अध्यक्ष डल श्रीसले मंगलबार टिमलाई जर्सी हस्तान्तरण गरेको थियो । महिला भलिबल टिम घरेलु भूमिको सागमा स्वर्ण जित्ने लक्ष्य लिएको छ । बुधबारबाट सुरु हुने सागको महिला भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । महिला टिमले गत महिना बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्दै इतिहास रचेको थियो ।

441 पटक हेरिएकाे
Top