च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले एथ्लेटिकाेलाइै हरायो !

E Naya Khabar Reporter २०७६ मंसिर ११ गते बुधवार | खेलकुद, समाचार

 

इनयाँ खबर सवांददाता

युइएफए च्याम्पियन्स लिग फुटबल समूह चरण अन्तर्गत पाचौं चरणको खेलमा युभेण्टसले एट्लेटिकोलाइ हराउन सफल भएको छ।भने रियल मड्रीड र पिएसजिले बराबरी खेलेका छन्।

गएराती सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरिमा टुंगिएको थियो।दोस्रो हाफमा अर्जेन्टिनि स्ट्राइकर पाउलो डिबालाले पाएको फ्री किकमा उत्कृष्ट गोल गर्दै युभेन्टसलाइ खेल जिताउन सफल भए।

यो जितसगै ग्रुप डि बाट युभेन्टस समूह बिजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।भने एट्लेटिको मड्रीड भने अघिल्लो चरण पुग्न अन्तिम खेलमा निर्भर हुनु पर्ने भएको छ।

हिजै सम्पन्न भएको अर्को खेलमा रियल र पिएसजिले २-२ को बराबरी खेलेका छन् ।
करिम बेन्जेमाको दुई गोलको मद्दतले अगाडि बढेको रियल अन्तिम १० मिनेट सम्हालिन नसक्दा बराबरिमा चित्त बुझाउन बाध्य भयो।
पिएसजिलाइ बराबरिमा पुर्याउन क्याइलियन एम्बापे र जुलिएन ड्राक्सलरले गोल गरेका थिए।
यो बराबरिसगै पिएसजी ग्रुप ए को समूह विजेता र रियल उपविजेता बन्दै अघिल्लो चरणमा पुगेका छन्।

यस्तै समूह बि अन्तर्गतको खेलमा बार्यन म्युनिख र टोटनहम हटस्पर्सले जित हासिल गर्दै समूह विजेता र उपविजेताको रुपमा अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन्।
आफ्नो प्रशिक्षक बर्खास्त गरेपछि च्याम्पियन्स लिगमा पहिलो खेल खेलिरहेको टोटनहमले सुरुवातमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै टोटनहमले ओलम्पियाकोसलाइ ४-२ ले हराउन सफल भयो।
उसलाई जिताउन ह्यारी केनले दुई तथा सर्जी अरुर र डेले अलिले एक एक गोल गरेका थिए।
समुहको अर्को खेलमा बार्यन म्युनिखले रोबर्ट लेवान्डोवस्किको ४ गोलको मद्दतले रेडस्टार बेलग्रेडमाथी ६-० को जित दर्ता गर्यो।उसका लागि थप गोल क्रीस्टियन टोलिसो र लियोन गोरेट्ज्काले गरेका थिए।

यो सगै समूह बि बाट बार्यन विजेता र टोटनहम उपविजेताको रुपमा प्री क्वार्टर फाइनलमा पुगेका छन्।

यस्तै समूह सि अन्तर्गत हिजो भएको खेलमा म्यान्चेस्टर सिटिले साख्तर डोनेस्कसग १-१ गोलको बराबरि खेल्दा एटलान्टाले डाइनामो जाग्रीबलाइ २-० ले हराउन सफल भएको छ।

यो सगै म्यान्चेस्टर सिटि ग्रुप विजेताको रुपमा अघिल्लो चरण पुगेको छ भने समुहको अर्को टोलिको टुंगो अन्तिम चरणको खेलपछी लाग्नेछ।

480 पटक हेरिएकाे
Top