महरा प्रकरण जिल्ला अदालतको फैसलाको पुर्णपाठ झिकाउन पाटन उच्च अदालतको आदेश !

E Naya Khabar Reporter २०७६ मंसिर ७ गते शनिवार | Big News, राजनीति, विशेष, समाचार

 

पुर्व सभामुख कृष्ण बहादुर महरामाथी लागेको जबर्जस्ती करणी मुद्दा बारेमा जिल्ला अदालत काठमाडौले थुनामा पठाउन गरेको आदेश उपलब्ध गराउन पाटन उच्च अदालतले आदेश दिएको छ।

अघिल्लो महिनाको असोज १२ गते आफुमाथि तत्कालीन सभामुख कृष्ण बहादुर महराले जबर्ज्स्ति करणी गरेको भन्दै पीडित भनिएकी रोसनी शाहिले प्रहरिमा मौखिक उजुरी गरेकी थिइन्।
उनको उजुरी पछि तत्काल घट्नास्थल पुगेको प्रहरिले घट्ना भएको भनिएको कोठाबाट प्रमाणहरु संकलन गरेर फर्किएको थियो।

जबर्ज्स्ति करणी जस्तो गम्भीर आरोप लागेपछि पार्टीले उनलाई राजिनामा दिन भनेपछि राजिनामा दिएका उनलाई प्रहरीले १९ असोजमा सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो।

यसपछी जबर्ज्स्ति करणी महल अन्तर्गत काठमाडौ जिल्ला अदालतमा प्रहरीले मुद्दा चलाएको थियो।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौमा थुनछेक बहसपछी महरा तत्काललाई दोषी होइन भन्न नसकिने भन्दै काठमाडौ जिल्ला अदालतले १८ कार्तिकमा मुद्दाको छिनोफानो नभएसम्मका लागी थुनामा पठाउन आदेश दिएको थियो।

आफु निर्दोष भएको र फसाउन खोजिएको भन्दै महराले आरोप अस्विकार गरेका थिए।तर काठमाडौ जिल्ला अदालतले उनी तत्काल प्राप्त प्रमाणको आधारमा दोषी होइन भन्न नसकिने भन्दै थुनामा पठाउने आदेश दियो।

उक्त आदेश विरुद्ध पुर्व सभामुख महराले पाटन उच्च अदालतमा यहि बिहिबार पुनरावेदन गराएका थिए।

काठमाडौ जिल्ला अदालतको आदेश पछि काठमाडौ डिल्लिबजार कारागारमा थुनामा रहेका उनिबारे अब पाटन उच्च अदालतमा मुद्दा चल्नेछ।

285 पटक हेरिएकाे
Top