समाजसेवामा कार्की अग्रसर !

E Naya Khabar Reporter २०७६ मंसिर ९ गते सोमवार | जीवनशैली, विचार ब्लग, समाचार

 

प्रवेश बिष्ट मोरङ।

मोरङको रतुवामाई 9 निवासी कृष्ण कुमार कार्की पछिल्लो समय समाज सेवामा आफ्नो समय बिताईरहेका छन्। समाजसेवी कार्की हाल आफ्नो पढाईको शिलशिलामा जापानमा हुनुहुन्छ। बिदेशमा बसेर पनि आफ्नो देशका लागि सधै लागि परिरहेका छन्। अहिलेको समयमा अरूको लागि गर्ने भन्दा पनि आफ्नो हितका लागि मात्र काम गर्ने व्यक्ति भेटिन्छन तर कृष्ण कार्की एउटा यस्तो व्यक्ति हो जो अरूको लागि दिनरात विदेशमा आफ्नो जीवन बिताईरहेका छन्।

अहिलेको समयमा युवाहरूले सामाजिक क्षेत्रमा निकै सकृयता देखाउन थालेका छन तर उनिहरूले त्यसलाई आफ्नो राजनिती गर्ने थलो बनाउछन तर कृष्ण कार्की आफैमा एउटा स्वतन्त्र समाजसेवी हो। उनको कुनै राजनितीक स्वार्थ छैन। अरू भन्दा भिन्न सोचका साथ अगाडी बढेका समाजसेवी कार्की निकै अग्रसर छन। चाहे वृद्धवृद्धालाई सम्मान गर्न किन नहोस्, चाहे अपाङ्ग अशक्तलाई सहयोग गर्न, चाहे विद्यार्थीलाई या त गरिबलाई घर बनाईदिन नै किन नहोस कार्की सधै उनिहरूको सेवामा तत्पर छन्। गत बर्षको बाढीबाट प्रभावित भएका रतुवामाईका बाढी प्रभावितलाई 10 बटा घर समेत बनाईदिनु भएको थियो। कार्कीको सहयोगमा वर्षेनी रतुवामाई 9 मा वृद्धवृद्धा र अपाङ्गलाई भत्ता र सम्मान वितरण गर्दै आइरहेका छन्।

त्यस्तै कार्कीले शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आइरहेका छन्। ओखलढुङ्गा र मोरङमा राष्ट्रिय परिक्षा बोर्डले लिनः एस.ई.ई को परिक्षामा उत्कृष्ट हुने व्यक्तिलाई नगद पुरस्कार दिदै आउनु भएको छ। खेल क्षेत्रमा पनि कार्कीको उत्तिकै चासो छ। उँहाले विभिन्न ठाँउका क्लबहरूलाई खेल सामग्री प्रदान गर्दै आउनुभएको छ ।

599 पटक हेरिएकाे
Top