उदयपुरकि गायिका पूजा सुनुवारको ‘रहर’ सार्वजनिक-भिडियोमा प्रकाश सपूत र वर्षा राउतको रोमान्स!

E Naya Khabar Reporter २०७६ मंसिर ९ गते सोमवार | मनोरञ्जन, विचार ब्लग, समाचार

 

इनाँखबर सम्वादाता
काठमाडौ- चर्चित गायिका पूजा सुनुवारको दोस्रो सांगीतिक एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ संगीतकार तथा संगीतकार संघ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण शेषलगायतका नेपाली संगीत क्षेत्रका विशिष्ट ब्यक्तिहरुले कृतिलाई सार्वजनिक गरे।

सो कार्यक्रममा उक्त एल्बममा समावेश ुहुन्छ भननु बोलको गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो। बहुचर्चित गायक तथा मोडल प्रकाश सपूत तथा चर्चित नायिका वर्षा राउतले अभिनय गरेको उक्त भिडियो डश म्युजिक नेपाल बाट युट्युबमा सार्वजनिक भैसकेको छ।

डश म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र सुनुवार भाषाको ‘नम्सेवल’ बोलका गरि कुल पाँच गीत समावेस भएका छन। गीतहरुमा क्रमशस् दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ। भने संगीत क्रमशः दीपक शर्मा,शंकर थापा ुस्माइलु,शिव साम्पाङ,अनिष श्रेष्ठ र पुष्कर सुनुवारले दिएका छन्। एल्बमको ‘हुन्छ भनन’ मा चर्चित गायक डेभिड शंकर र ‘यो मौसम’ मा अर्का ख्यातिप्राप्त गायक राजेशपायल राईले गायिका पूजा सुनुवारलाई साथ दिएका छन्।


अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालले सम्पादन गरेका छन।
नेपाली बाहेक, नेपाल भाषा ९नेवारी०, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगीत,तथा देउडा लगायत विभिन्न भाषा भाषिका समेत गरि २ सय भन्दा बढी गीतहरुमा स्वर दिइसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो।

695 पटक हेरिएकाे
Top