स्ववियु निर्वाचन आगामी १४ फागुनमा हुने

E Naya Khabar Reporter २०७६ पुस २५ गते शुक्रवार | Big News, ईखवर

 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ ।

चुनावको मिति तोकिए सङ्गै क्याम्पसहरूलाई त्यसको जानकारी गराएर विद्यार्थी संघसंगठनसँग तयारीका विषयमा छलफल गर्ने त्रीबी उपकुलपति ले बताए। कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।

गत साल समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी नेपाल विद्यार्थी संघ र प्रमुख दलहरुनै चुनाब गराउन तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । ०७३ फगुनमा १८ मापनि त्रिविका अधिकांश आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न आग्रह गरेपछि गत वर्ष पनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो तर सफल हुन सकेन। निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

त्रिवि क्यालेन्डरमा हरेक दुई वर्षमा चुनाव गर्ने उल्लेख छ । चैत अन्त्यपछि वार्षिक परीक्षालगायत कार्यक्रम सुरु हुने हुँदा त्यसपछि निर्वाचन गर्न सम्भव नहुने त्रिविका पदाधिकारी बताउँछन् ।

332 पटक हेरिएकाे
Top