साहित्य

कविता : जोहार !

E Naya Khabar Reporter २०७६ मंसिर १ गते आइतवार | November 17, 2019

कविता : जोहार !

खोतलेर हजारौं वर्षका पुराना पुरातात्विक चिहानहरू, निकालेर हस्तिहाड, पूर्खाका तीर-धनुष पनि निकालेर चिहानबाट मुण्डा, झाँगड, कोच , उराव, वोडो, खासी, भील, संथाल, असुर, राक्षस, दस्यु, दानव, फेरि ब्युँझदै छ जोहार ब्युँझदै छ ! जन्मभूमिको माटोको मगमग सुगन्धबाट नद-नदीको चपल, चञ्चल, कलकल सङ्गितबाट हावाको सरसराहट कोयलीको कुहुकुहु झार जङ्गल...बाँकी

गजल:नहेप छिमेकी

E Naya Khabar Reporter २०७६ कात्तिक ३० गते शनिवार | November 16, 2019

गजल:नहेप छिमेकी

नहेप छिमेकी सानो छ भनेर अब बस्दैनौ हामी अति सहेर थाहै होला हाम्रो इतिहासको बारे सकिदैन कहिल्यै बहादुरीता मरेर देश बचाउन हिजो बलभद्र र भिमसेन गए युद्ध लड्न नालापाली तरेर आज कालापानी षमिच्दा तिमीले बस्दैनन् गोर्खाली यसै चुप लागेर ठुलो छु भन्दैमा नदेखाऊ धाक इतिहास रच्न आउछौ खुकुरी...बाँकी

कवि विनोद विक्रम केसिको कविता: लैला बेगमको सिंहनाद

E Naya Khabar Reporter २०७६ कात्तिक ३० गते शनिवार | November 16, 2019

कवि विनोद विक्रम केसिको कविता: लैला बेगमको सिंहनाद

–विनोदविक्रम केसी सुस्ता मेरो मुटु हो मेरो मुटुलाई मेरो भन्न कुन कागजात देखाउनुपर्छ मैले लालपूर्जा नागरिकता राहदानी सुस्ताका एक एक फूल एक–एक पात माटोका एक–एक कण रत्तिन्छन् मसित रगत–पसिनाको आत्मीयता हो यो जसलाई एक हिन्द महासागर जति फरेबको तेजाबले समेत जलाउन सक्दैन गलाउन सक्दैन साल नझर्दै यो जमिनको...बाँकी

रेमिट्यान्स:कविता

E Naya Khabar Reporter २०७६ कात्तिक २५ गते सोमवार | November 11, 2019

रेमिट्यान्स:कविता

आरुको बोटमा झुण्डिरहने एउटा रक्ताम्य कमिज थियो हिजो बेलुकी हरायो कसैले थाहा पाएन +++++++ सहिदगेटमा धुम्धुम्ती टोलाइरहने एउटा बेनाम शहीद थियो त्यो पनि हरायो कसैले वास्तै गरेन ++++ ब्रिफकेसले च्यापेको घाइते झण्डा मैलो कट्टुसँगै झुण्डिएर झोक्राइरहन्थ्यो हर साँझ मन्त्रीज्यूको कौसीमा त्यो पनि एकाएक हरायो लागेन कर्फ्यू शहरमा ++++...बाँकी

पारिजात जीवनि – नरेन्द्रराज प्रसाई

E Naya Khabar Reporter २०७६ कात्तिक २४ गते आइतवार | November 10, 2019

पारिजात जीवनि  – नरेन्द्रराज प्रसाई

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन्...बाँकी

पुस्तक समिक्षा:गोर्किको बहु चर्चित उपन्यास ‘आमा’

E Naya Khabar Reporter २०७६ कात्तिक २४ गते आइतवार | November 10, 2019

पुस्तक समिक्षा:गोर्किको बहु चर्चित उपन्यास ‘आमा’

सन १९०७ मा प्रकाशित गोर्कीको “आमा” उपन्यासमा क्रान्तीकारी मानवियता लाई जोड्दै साम्यवादका रुपरेखा र यर्थातता लाई सरल र मौलिक भाषामा प्रस्तुत गरिएको छ । विश्व साहित्यमा “आमा” उपन्यास एक अति प्रभावि सायित्यक कृति बन्न पुग्यो । जसले विश्वका लाखौँ करौडौ जनता लाई वर्गीय समानताका लागि संर्घष गर्न आव्हान...बाँकी

Top