रौतहट इटाभट्टामा मान्छे पोलिएको प्रकरण:आलमलाइ पुर्पक्षका लागि थुनामै राख्न जिल्ला अदालतको आदेश आदेश

E Naya Khabar Reporter २०७६ कात्तिक ३० गते शनिवार | Big News, समाचार

 

इटाभट्टामा मान्छेलाइ जीउँदै पोलेर मारेको अभियोग लागेका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका निलम्बित सांसद मोहम्मद अफताब आलमले जेलबाट तत्काल छुट्टी नपाउने भएका छन्।

१२ वर्ष अगाडि निर्वाचनको समय बम बिस्फोट हुदा घाइते भएका मान्छे जीउँदै पोलेर मारेको भन्दै प्रहरिले पक्राउ गरि कर्तब्य ज्यान मुद्दा ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योगमा मुद्दा  चलाइएका आलम माथी रौतहट जिल्ला अदालतले हिजो पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

दुबै पक्षका ओकिलहरु विच अस्ति कानुनी बहस सकिए सगै हिजो उनिमाथिको फैसला जिल्ला अदालतले सुनाएको थियो।
जसमा तत्काल प्राप्त प्रमाणहरुको अध्ययन गर्दा अहिले नै आलम निर्दोष हुन सक्ने आधार हरु नदेखिएकोले उनलाई थुनामै राखेर थप अनुसन्धान गरि मुद्दा  चलाउन आदेश दिएको हो।

अदालतले प्रहरिले पेश गरेका विभिन्न १९ ओटा प्रमाणहरुको अध्ययन गर्दा आलम घट्नामा संलग्न नभएको भन्न नसकिने जनाएको छ।अदालतले आदेश दिदै मृतक भनिएका व्यक्तिहरुको घट्ना भएको भनिएको मितिको केही महिनापछि मृत्यु दर्ता गरिएको जनाउदै कसैलाई फसाउने नियतले कसैले पनि मृत्यु दर्ता नगर्ने जनाएको छ।

साथै उसले मुद्दालाई प्रभावित पार्न पीडित पक्षलाई अनावश्यक धम्की र दबाब आलम पक्षका मानिसले लगाएको कुरामा ध्यानाकर्षण गर्दै पिडित पक्षको सुरक्षाको ग्यारेन्टी गर्न प्रहरिलाइ निर्देशन पनि दिएको छ।
यता आफू अस्वस्थ रहेको जनाएका मोहम्मद अफताव आलमको नियमित स्वास्थ्य परिक्षण गराउन पनि अदालतले प्रहरिलाइ निर्देशन दिएको छ।

अदालतको फैसलामा रौतहटको राजापुरमा २०६४ चैत्र २७ गते बम बिस्फोट भएको प्रमाणित भएको पनि उल्लेख गरिएको छ।यसले मोहम्मद अफताव आलम माथी थप संकट बढेको छ।पीडित पक्ष भने अदालतको यो फैसला पछि न्याय पाउने आसमा रहेका छन्।

341 पटक हेरिएकाे
Top