अर्घाखाँचीमा बस दुर्घटना, हालसम्म १७ जनाको मृत्यु

E Naya Khabar Reporter २०७६ मंसिर ११ गते बुधवार | ताजा अपडेट, समाचार

 

इ नयाँखबर संवाददाता

अर्घाखाँचीमा बस दुर्घटना भएको छ।दुर्घटनामा परि हालसम्म १७ जना यात्रुको मृत्यु भएको तथा ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

आज बेलुका सन्धिखर्कबाट बुटबलका लागि हिडेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकको भिरालो घुम्तिको सडकबाट झन्डै ३०० मिटर तल खसेको थियो।

बस दुर्घटनाको खबर पाउने बित्तिकै उद्दारका लागि सेना सशस्त्र प्रहरी प्रहरी तथा स्थानीय वासी तत्काल खटिएका थिए।

मृतकहरुको सनाखत हुने क्रममा रहेको प्रहरिले जनाएको छ।भने घाइते ११ जनालाइ उपचारका लागि बुटवलको अस्पताल पठाइएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारिले जानकारी दिएका छन्।

बस दुर्घटना कसरी भयो भन्ने कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

338 पटक हेरिएकाे
Top