कटारी गोल्ड कप -गोर्खा ब्वाईज क्लब रुपन्देही र सहारा क्लब सेमिफाइनलमा प्रवेश

E Naya Khabar Reporter २०७४ चैत ११ गते आइतवार | Big News, खेलकुद

 

उदयपुर, चैत्र ११

गोर्खा व्वाईज क्लबलाई ४ का विरुद्ध ६ गोल गर्दै रुपन्देही सेमिफाइनलमा गरेको छ। बनेपा ब्वाईज क्लब बनेपालाई टाईपब्रेकरमा ४ का विरुद्ध ६ गोल गर्दै गोर्खा ब्वाईज क्लब रुपन्देही कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको हो।  गोल्डकपको दोस्रो दिनको आईतबारको खेलमा समय अवधिमा दुई दुई गोलको बराबरी भएपछि खेल टाईपब्रेकरमा धकेलिएको थियो। खेलको १६ औं मिनेट मै बनेपाका नाईजेरियन खेलाडी ग्लोरीले गोल गरेर अग्रता लिएका थिए। पहिलो हाफको ईन्जुरी समयमा गोर्खाका नाईजेरियन नै खेलाडी फोफानाले गोल गर्दै खेल बराबरीमा ल्याए । ७७ औं मिनेटमा बनेपाका अर्का नाईजेरियन खेलाडी भिक्टरले गोल गर्दै पुन अग्रता लिए। तर लगत्तै गोर्खाका दिपक राईले गोल गरेर गोर्खालाई पुन लयमा फर्र्काएपछि खेल टाईपब्रेकरमा धकेलियो। टाईपब्रेकरमा गोर्खाका लागि निरज बस्नेत, निशान लिम्बु, दिपक राई र सुजित गुरुङ्गले गोल गरे। बनेपाका लागि शुसिल लामा र विनोद गुरुङ्गले गोल गरे। म्यान अफ द म्याच रुपन्देहीका दिलिप क्षेत्री घोषित भए। उनले नगद ५ हजार प्राप्त गरेका छन। गोल्डकप विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सोमबार हुने झापा ११ र सरस्वती क्लब काठमाडौं बीच प्रतिष्पर्धा भिड्ने छन।यसैगरी पहिलो दिनको खेलमा कटारी नगरपालिकामा शनिबारदेखि सुरु भएको चौथो संस्करणको कटारी मेयर गोल्डकपमा आयोजक टिम कटारी ११ शुन्यमा २ गोल खाँदै बाहिरिएको छ। टाइगर खेल मैदान ४ः४५ वेजेबाट सुरु भएको खेलमा कटारी ११ लाई जिरोको विरुद्धमा सहारा क्लब पोखराले २ गोल गरेपछि बाहिरिनु परेको हो। पोखरलाई जर्सी नम्वर ९का आजीत गुरुङले खेल सुरु भएको ७ मिनेटमा पहिलो गोल गर्दै ८३ मिनेट दोस्रोत गोल गरी सहारा क्लब पोखराले सेमिफाइनलमा पु¥याका छन। उद्घाटन खेलमा म्यान अफ द म्याच पनि गुरुङनै घोषित एका छन। आयोजक समितिका महासचिव राजकुमार थापाका अनुसार गुरुङले नगद ५००० हजार मेडल पाएका छन।निकै रोचक र प्रतिसपर्धात्मक खेलमा आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाएपनि गोल गर्न सकेन। सूरुवातीचरणमै साहारले गोल गरेपछि आक्रमकरुपमा प्रस्तुत भएको आयोजकले गोल गर्ने अवसर निकै पायो। प्रतियोगिताअन्र्तगत आईतबारको खेल बनेपा ब्वाईज काभ्रे र गाोर्खा ब्वाईज रुपन्देहि बीच हुने मुल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। गोल्डकपको उद्घाटन उदयपुर प्रतिनिधि सभा २ का सांसद सुरेशकुमार राईले गरेका थिए। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले दुईलाख पचास हजार  नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन्। कटारी नगरपालिकाको प्रायोजन र साथी समुह कटारीको सहयोगमा गोल्डकप सन्चालन भएको हो। कटारी मेयर गोल्डकप जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठुलो राशी भएको गोल्डकप हो।

40 पटक हेरिएकाे
Top