पिपरा गोल्डकप आगामी माघ ११ देखि

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | खेलकुद

 

 

कलैया, ः सिर्जनशील युवा क्लब बाराको आयोजनामा आगामी माघ ११ गतेदेखि पिपरा गोल्ड कप फुटबल हुने भएको छ ।

क्लबले पत्रकार सम्मेलन गरी करिब रु ४८ लाखको लागतमा सम्पन्न हुने गोल्डकपमा भरतपुर फुटबल क्लब चितवन, विजय युथ क्बल हेटौँडा, युनाइटेड क्लब वीरगन्ज, हिमकस्तुरी क्लब लहान, सशस्त्र प्रहरीको एपिएफ, चन्द्रपुर ११ रौतहट, चौधरी ११ बारा, नेपाली सेनाको त्रिभुवन आर्मी, महोतरी ११ बर्दिवास र आयोजक गरी १० टोलीको सहभागिता रहने जानकारी दियो ।

आयोजक संस्थाका अध्यक्ष वृजमोहन चौधरीका अनुसार प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

95 पटक हेरिएकाे
Top