आयोजकलाई हराउदै विर्ता सेमिफाइनलमा

E Naya Khabar Reporter २०७४ पुस १० गते सोमवार | खेलकुद

 

फिदिममा जारी रुस्लान नवौ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको दोश्रो क्वाटर फाइनल खेलमा विर्तामोड युनाइटेड झापाले विजय हासिल गरेको छ । आयोजक फिदिम स्पोर्टीग क्लबलाई ७ –१ गोलको अन्तरले हराउदै विर्ता युनाइटेड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
व्यवसायीक खेलाडिहरुले भरिएको विर्ता युनाइटेडको तर्फवाट खेलको ६,३७,६३ मिनेटमा गोल गरी विशाल राइ (ए) ह्याटिक गरेका थिए । त्यस्तै कर्ण लिम्बुले खेलको १९ र ७३ मिनेटमा दुई गरे भने हिसुप थपलियाले २९ मिनेट र नरेन लिम्बुले ७२ मिनेटमा गोल गरे । फिदिमले उपहार स्वरुप दिलेनको आत्मघाती गोल खेलको १३ मिनेटमा पायो । एकतर्फी भएको खेलमा विर्ताका विशाल राई (ए) म्यान अफ द म्याच घोषित भए । उनले रु दश हजार नगद प्राप्त गरे ।
नवौं संस्करणको फाल्गुन्दको विजेताले उपाधि सहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्डर , फरवार्डले समान १० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

80 पटक हेरिएकाे
Top