ग्राम्शीको महत्व

प्रेम कुमार मणि २०७४ माघ ११ गते बिहीवार | साहित्य

 

 

२२ जनवरी सुप्रसिद्ध माकर््सवादी विचारक लेखक अंतोनियो ग्राम्शी (१८९१ (१९३७) को जन्मदिन हो । उहाँलाई जेल सजायको फैसला सुनाउदा इटालीको फासिष्ट सरकारको अदालतले भनेको थियो for twenty years we must stop this brain from working ) हामी यो मस्तिष्कलाई २० वर्षसम्म काम गर्न रोक्न चाहान्छौ ।
1928 को कुरा हो ग्राम्सी इटालीको संसदको सदस्य पनि हुनुहुन्थ्यो उहाँलाई बीस वर्ष आठ महिनाको जेल सजाय तोकियो । पहिले देखि नै कमजोर शरिर(जेलमा ग्राम्सीका कठिनाइहरुको हामी अनुमान गर्न सक्छौ)। त्यो अवस्थामा पनि उहाँले प्रिजन नोटबुक लेख्नुभयो । ज्ञढघठ मा दर्दनाक रुपमा उहाँको मृत्यु भयो ।
ग्राम्शीको जीवन गाथा अत्यास लाग्दो किसिमको छ । यस कुरामा आश्चार्य छ कि तेति धेरै प्रतिकुल परिस्थितिमा पनि मानिस महान् विमर्श गर्न सक्दछ । उहाँको लेखनसँग विश्व लामो समयसम्म अनभिज्ञ थियो । १९५७ मा अंग्रेजी भाषामा modern prince को पहिलो भाग र १९७१ मा prison notebooks  प्रकाशित भयो । १९८० पछि मात्र भारतमा परिचित हुनुभयो । नामवर सिंहले आफ्नो पुस्तक दुसरी परंपरा की खोज मा त्यसलाइ उदृत गर्नुभएको छ ।
ग्राम्शीलाई पढदै गर्दा मलाई पटक पटक आम्बेडेकरको सम्झना आउछ र लेखक मुक्तिबोध पनि । ग्राम्शीले माक्र्सवादको जडतालाई हटाउने प्रयत्न गर्नुभयो । केवल आर्थिक शक्तिहरु मात्र होइन सांस्कृतिक वर्चश्वले पनि विश्वका घटनाहरुलाई निर्धारण गर्दछ भन्नुभएको छ । यो पनि भन्नुभएको छ कि परिवर्तन तुरुन्त हुदैन प्रयत्नले संभव हुन्छ र यो औधोगिक मजदुर वर्ग मात्र होइन पारंपरिक दस्तकार किसान वर्गले पनि गर्न सक्दछ ।
ग्राम्शीको विचार विश्वको लागि सान्दर्भिक छ । हाम्रो भारतको लागि अझ धेरै सान्दर्भिक छ । आज भारतमा फासिष्ट प्रवृत्ति सत्तामा हावी भएको छ । जनवादी शक्तिलाई वैचारिक आक्रमण गरिहेको छ । यो सन्दर्भमा नयाँ वैचारिक आवेग र ध्रुवीकरको आवश्यकता छ । ग्राम्शीको विचारले हामीलाइ बाटो देखाउन सक्दछ । यसकारण उहाँ आज पनि विशेष रुपमा स्मरणयोग्य हुनुहुन्छ । जन्मदिनमा उहाँलाई सलाम

#हिन्दी भाषावाट भावानुवाद #

136 पटक हेरिएकाे
Top