२०१७ का दस पुस्तक

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | साहित्य

 

सन् २०१७ मा प्रकाशित भएकामध्ये बीबीसीडटकम ले उत्कृष्ट भनेका दस पुस्तक

१. जेस्मिन वार्डको सिङ आबरिड सिङ

वार्डले यस उपन्यासका लागि यो वर्षको अमेरिकाको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । यो उपन्यासका मुख्य पात्र १३ वर्षका बालक जोजो हुन् । अन्याय र मृत्युका बारे ज्ञान हुँदै गएपछि उनको हजुरआमा र बुबा तथा तीन वर्षीया बहिनीसँग आत्मीयता बढ्दै जान्छ । हजुरबुवाले मिसिसिपीको निकै खतरनाक जेल पार्चमानमा उनले गरेको खेतीका बारेमा बताउँछन् । जसले जोजोलाई आत्मसम्मानका साथ बाँच्ने प्रेरणा दिन्छ । यस्तै जोजोका जीवन भोगाइ र सिकाइका थुप्रै कथाहरु रोचक ढंगबाट प्रस्तुत गरिएका छन् यसमा । यसको भाषा पनि निकै राम्रो छ ।
२. जेनिफर इगानको मानह्याटन बिच

१९४० को ब्रुकलिनलाई आधार मानेर लेखिएका धेरै कथाहरुले गुथिएको उपन्यास हो यो । जेनिफर पुलित्जर पुरस्कार विजेता लेखिका हुन् । यो किताबमा एनाले उना नाम गरेकी केटीलाई मुख्य पात्र बनाएकी छन् । एना ब्रुकलिन नेभी यार्डकी समुद्री युदपोत गर्ने पहिलो महिला गोताखोर हुन्छिन् । एनाका हाकिमहरुलाई उनको नग्नताले आकर्षित गरेको हुन्छ भने उनलाई काम गर्न पाएकैमा सन्तुष्टि हुन्छ । इगानले यसको अन्त्य बिर्सन गार्हो हुने खालको बनाएकी छन् ।
३.क्रिस्टिना ग्रासियाको हियर इन बर्लिन

ग्रासियाको नयाँ उपन्यास निकै रोचक रुपमा सिर्जना गरिएको छ । उनको उपन्यासको मूलपात्र क्युबन अमेरिकी हो, जो २०१३ मा बर्लिन पुग्छन् कथाहरु निकै अप्रत्याशित ठाउँहरु प्राप्त गर्छिन ।
त्यसमा हिट्लरको पालामा बर्लिनको चिडियाघरमा ब्रिडिङ कार्यक्रम चलाएका चिडियाघरका सञ्चालकका छोराबाट त्यति बेला त्यहाँ रहेका ३७१५ जनावरबारे थाहा पाउँछिन् । यस्तै बर्लिन निवासीहरुसँग कुराकानी गर्छिन् । उनले त्यस्ता कुराकानीबाट बर्लिनको यद बेलाका रोचक इतिहासहरु पहिल्याउँछिन् ।
४. सेरमन एलेक्सीको यू डन्ट ह्याम टु यू लभ मी

वाइल्ड सालमनले आदिवासी अमेरिकी सालिसहरुलाई हजारौं वर्षदेखि शारीरिक र आध्यात्मिक स्रोतको रुपमा काम गरेको थियो । १९३८ मा वासिङटनमा ग्य्रान्ड कुली ड्याम बनाएपछि सबै आदिवासी विस्थापित भए । एलेक्सकी आमा र बुबा सालिम बोल्ने र वाल्ड साल्मन बिना बस्ने पहिलो पुस्ताका हुन् । यो किताबमा उनले बाबुआमाको त्यो संस्मरणलाई जीवन्त बनाउने प्रयास गरेका छन् । उनका कविताहरु सशक्त छन् ।
५. रोजेन गेको डिफिकल्ट वुमन

गे निकै सशक्त उपन्यासकार र संस्कृति समीक्षक हुन् । उनको २१ वटा कथाहरुको संग्रह गरिएको किताब निकै दमदार छ । त्यसमा सैकलित कथाहरुमा पीडा र डरदेखि जीवन संघर्षसम्म गाथाहरु लेखिएका छन् । इन आइ फलो यू कथामा दुइ दिदी बहिनीबारे लेखिएको छ । उनीहरु दुवै जना बाल्यकालमा यौन हिंसाको सिकार भएका हुन्छन् र ठूलो भएपछि पनि त्यसको डरले एकअर्काको बचाउ गरिरहेका हुन्छन् । यी कथाहरुका माध्यमबाट उनले महिला सशक्तीकरणलाई बडो रोचक ढंगबाट उठाएकी छन् ।
६.लुसी एडिकैको फ्युचर होम अफ द लिमिङ गड

एडिर्कले निकै चर्चित र सममानित किताबको शृंखला (द राउन्ड हाउस, द पलेगप लारोज ) मा न्यायलाई गद्यात्मक तवरबाट प्रस्तुत गरेका थिए । यसमा भने उनले निकै क्रूर पुरातन समाजलाई केन्द्रमा राखेकी छन् । जहाँउनले समाज पछाडि गइरहेको देखाउँदै सानो कीरा जत्रो आकारका बिरालो र मृत जन्मिएका बच्चाहरुको कल्पना गरेकी छन् । त्यो युगमा जतातलै हाहाकार हुन्छ । जहाँ सरकारको आँखा छल्दै जोगिन खोजेकी एक महिला र उसको परिवारको कथा यसमा भनिएको छ ।
७. जर्ज साउन्डर्सको लिंकन इन द बार्डो

साउन्डर्सले छोटो कथा लेखकका रुपमा आफ्नो पहिचान बनाइसकेका छन् । उनी २०१७ मा आफ्नो पहिलो उपन्यासका लागि म्यान बुकर बाट पनि सम्मानित भइसकेका छन् । लिंकन इन द बार्डो अब्राहम लिंकनको छोरा विलीको टाइफाइडका कारण ११ वर्षकाृ उमेरमा १८६२ मा मृत्यु भएपछिको सन्दर्भसँग जोडिएको छ । राष्टपति लिंकन गृहयुद चर्केको बेला त्यसमा मृत्यु भएकाहरु बढ्दो मृतकको संख्यालाई लिएर शोकमग्न भएर बसेका हुन्छन् । साउन्डर्सले यसम बुखिस्टहरुको जीवन र मृत्युको बीचको संसार द बार्डो को सोचलाई यसमा प्रस्तुत गरेका छन् । जसको प्रयोग गरेर उनलेविलीलाई गाडिएको ठाउँबाट लिंकनले प्राप्त गरेको आवाजहरुलाई आधार बनाएका छन् ।
८. मागरिट विल्केर्सन सेक्सटनको ए काइन्ड अफ फ्रिडम

यो दमदार उपन्यास सेक्सटनको पहिलो रचना हो । यसले पनि अमेरिकाको राष्टिय पुस्तक सम्मानको लामो सूचीमा आफ्नो ठाउँ बनाएको छ । न्यू ओर्लेन्समा बस्ने काला परिवारको उतारचढावपूर्ण जीवनमा आधारित यो उपन्यासमा दोस्रो विश्व युददेखि समुन्द्री आँधी क्याटिनासम्मको समयलाई वर्णन गरिएको छ ।
कथाको सुरुआत उच्च वर्गकी एभ्लिनको तल्लो वर्गको रेनार्डसँगको प्रेमबाट हुन्छ । परिवारले विरोध गर्दागर्दै पनि दुईबीचको प्रेम चलिरहन्छ । उनीहरुको छोरी ज्याकीको श्रीमान् टेरी फार्मासिस्टको जागिरबाट जिकालिएपछि कोकेन दुव्र्यसनी बनेका हुन्छन् । २०१० सम्ममा ज्याकीको छोरा टीसी पनि लागूऔषध बोकेको आरोपमा जेल परेर छुटेको हुन्छ । यी सबै उतारचढावबीच पनि परिवर्तन र स्वतन्त्रताको केही आशा भने उनीहरुमा हुन्छ ।
९. मीन जिन लाी को पाचिन्को
पाचिन्को अमेरिकाको राष्टिय पुस्तक सम्मानकाृ सूचीमा परेको किताब हो । यसमा सन्१९१०ताकाको कोरियाली परिवारको चार पुस्ताको कथा समेटिइएको छ जति बेला कोरिया माथि जापानको आधिपत्य थियो ।
कथा वृद हँुदै गरेका मछुवारा र उनकी श्रीमतीबाट सुरु हुन्त । उनीहरुले भन्दरगाहको सहर भुसान नजिकैको एक गाउँमा होस्टल चालएका हुन्छन् । उनीहरुको एउटा छोरा खुँडे र खुट्टा पनि बांगो भएको हुन्छ । त्यो छाराको अन्तत बिहे हुन्छ । त्यस्तै कान्छो छानीहरुको सुन्जा नाम गरेकी छोरी पनि हुन्छे । जसलाई एक व्यापारीले गर्भवती बनाएर छोडिदिन्छ । तर, उसलाई एक दयालु जापानी पास्चरले बिहे गरेर ओसाका लैजान्छ । जब उक्त पास्चरको मृत्यु हुन्छ तब ुन्जाकै निगाहमा उक्त परिवारले युदको सबैभन्दा कठिन समय गुजार्छ । उनीहरुको एउटा छोरा वासेदा विश्वविधालयमा प्रवेश पाउँछ । त्यस्तै कान्छो छोराले भने पान्चिको पार्लर चलाउँछ जहाँ पिनबबलजस्तै गेम मेसिन हुन्छ । त्यहाँ धेरै जुवाडेहरु त्यो खेल्न आउँछन् । तर उनीहरु सबैका भविष्य भने पहिलाको गोप्य कुरा र धोकाहरुले छायामा परिरहेको हुन्छ ।
०. जोअन सिल्बरको इम्प्रुभ्मेन्ट

चर्चिच उपन्यासकार सिल्बरको नयाँ उपन्यास इम्प्रुभ्मेन्ट मा विभिन्न तहका धेरै रोचक पात्रहरु छन् जो भिन्न पुस्ता र महादेशका हुन् । तमिध्येका एक पात्र किकी सन् १९७० मा इस्तानबुल पुग्छे र ओस्मानको पछि लागेस उसको दुर्गम गाउँ पुग्छे तब उनीहरुबीच मतभेद हुन थाल्दछ र सम्बन्धविच्छेद हुन्छ । त्यहाँ किकीले तीन जना जर्मन केटाहरु भेट्छे । उनीहरु पुरातात्विक सामानहरुको स्मग्लर हुन्छन् । ८ वर्षपछि किकी अत्यन्त मूल्यवान कार्पेट बोकेर न्युयोर्क फर्किन्छे । ती रगहरुमध्येका एक उसले आफ्नो दाइकी छोरी रेनालाई दिन्छे । रेना एकल आमा हुन्छे । उसले आफ्नो प्रेमीलाई जेलमा भेट्न जाँदा छोरीलाई किकीसँग छोडछे । रेनाको प्रेमी र उसको समूह चुरोट घोटाला काण्डका लागि जेल परेका हुन्छन् । उपन्यासको अन्त्यसम्ममा सबै पात्रहरुसँग निकै नजिकबाट परिचित भइन्छ ।
साभार कान्तिपुर दैनिकबाट

155 पटक हेरिएकाे
Top