कार्ल मार्क्सका स्वीकारोक्ति

E Naya Khabar Reporter २०७४ पुस १ गते शनिवार | Big News, रोचक

 

कार्ल मार्क्स यस धर्तीमा जन्मिएको दुई शताब्दी पुग्दै छ । उहाँले प्रतिपादन गरेको सिद्धान्तले मात्र होईन, उहाँका कर्म र दैनिकीले पनि आज उहाँलाई सम्झाइरहेको छ । विश्व समुदायले स्मरण गरिरहेको छ ।

यस सन्दर्भमा उहाँको छोटो स्वीकारोक्ति प्रकाशन गर्ने प्रयत्न गरेका छौ । कार्ल माक्र्सको स्वीकारोक्ति जुन उहाँले १८६५, १०तारिखमा लेख्नुभएको थियो, त्यसले उहाँको व्यक्तित्व र चरित्रको सम्बन्धमा केही प्रकाश प्रदान गर्छ ।

व्यक्ति कस्तो कुरा मन पराँउछ, कस्तो मन पराउदैन, कस्तो व्यक्तिलाई मन पराउछ, कस्तोलाई घृणा गर्छ भन्ने कुरामा उसको मानसिक स्थिति, मनोवैज्ञानिक बनौट, उसको व्यक्तित्व्को आन्तिरिक ढाचाले सारगत रुपमा आफूलाई व्यक्त गर्छन् । उपरोक्त स्वीकारोक्ति निम्न प्रकारको छः–

 

पाईलाई सबभन्दा बढी मनपर्ने गुण–सरलता
पुरुषमा तपाईलाई मनपर्ने गुण–बल
आइमाईमा तपाईलाई मनपर्ने गुण–कमजोरी
तपाईको मुख्य विशेषता–आफ्नो उदेश्यप्रति पूर्ण समर्पण
सुखसम्बन्धी तपाईको विचार –संघर्ष गर्नु
दुखसम्बन्धी तपाइको विचार–आत्मसमर्पण गर्नु
तपाईले क्षमा गर्नसक्ने अवगुण –सजिलैसित धोखामा पर्नु
तपाईलाई सबभन्दा बढी घृणालाग्ने अवगुण– दास प्रवृत्ति
तपाई अति मननपर्ने व्यक्ति –मार्टिन तुपर
तपाईको प्रिय पेशा –किताबको किरा बन्नु
तपाईलाई मनपर्ने कवि–शेक्सपियर, एसिस, गेटेत
पाईलाई मनपर्ने गध लेखक–दिदेरत
तपाईलाई मनपर्ने वीर– स्पार्टकस, केप्लर
तपाईलाई मनपर्ने वीराङ्गीनी–ग्रेचेन
तपाईलाई मनपर्ने रंग–रातो
तपाईलाई मनपर्ने नाम–लौरा, जेनी
तपाईलाई मनपर्ने खाना–माछा
तपाईको प्रिय सूत्र–कुनै पनि मानविय चीज मेरो लागि विजातीय छैन
तपाईको प्रिय आदर्श वाक्य –हर कुरामा शंका गर

581 पटक हेरिएकाे
Top