फोनिज उदयपुरमा शुपराज

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | पत्रपत्रिका, मुख्य समाचार

 

उदयपुर, माघ २९

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा सुपराज राई निर्बा्चित भएका छन् ।

उनले प्रतिद्वन्द्वि देवराज राईलाई १ मतले पछि पार्दै निर्बा्चित भएका हुन् । जम्मा मत २६ मा सुपराजले १३ मत प्राप्त गरेका थिए भने देवराजले १२ मत प्राप्त गरेका थिए । १ मत बदर भएको थियो ।  उपाध्यक्षमा उर्मिला दनुवार निर्बा्चित भएका छन् । सचिवमा इश्वर बलम्पाकी मगर, सहसचिवमा गंगा राई र कोषाध्यक्षमा टम्पसेर राई सर्बसहमत भएका छन् । सदस्यहरुमा विजय राई, दुर्गानन्द चौधरी, ललीत तामाङ चयन भएका छन् ।

अन्य १ जना मनानित गरिने बताइएको छ । त्यसैगरी केन्द्रिय पार्षदहरुमा भोटराज राई, अप्सरा समाल, विश्वराज तामाङ, प्रकाश राई र रिसि राई निर्बाचत भएका छन् । त्यस्तै प्रदेश पार्षदहरुमा विक्रम राई, भाष्कर चौधरी, जयन्तीकला तामाङ, कर्णबहादुर मगर, विन्द्र राई, धु्रव मगर रहेका छन् । फोनिजका केन्द्रिय सदस्य यमन दनुवारको प्रमुख आतिथ्य, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङको विशेष आतिथ्य, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्षहरु त्था अग्रज पत्रकारहरुको आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

27 पटक हेरिएकाे
Top