कस्मिरमा प्रहरीमाथि आक्रमण, चार प्रहरीको मृत्यु

E Naya Khabar Reporter २०७४ पुस २२ गते शनिवार | अन्तराष्ट्रिय, समाचार

 

एजेन्सी पुस २२

जम्मु कस्मिरको बारामुला जिल्लाको सोपोरमा गस्तिमा रहेको प्रहरी टोलीमाथि गरिएको बम आक्रमण चार प्रहरीको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार वम आक्रमण दुई बजारको बीचमा रहेको एक पसलबाट गरिएको थियो । विखण्डनकारीहरुले प्रचार गरेको हडतालको अवस्था बुझ्नका लागि गस्तिमा प्रहरी निक्लिएको वेला आक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

भारतिय संचार माध्यमहरुले जनाए अनुसार हडतालको कारण त्यस क्षेत्रमा ठूलो संख्यामा पुलिस र अर्धसैनिक बल परिचालन गरिएको छ । वम आक्रमण पछिको अवस्था बुझ्नका लागि उच्च प्रहरी अधिकारीहरु घटनास्थल पुगेका छन् ।

बम आक्रमण पछि जम्मुकश्मिरकी मुख्यमन्त्रि महबुबा मुफ्तीले चार जवानको शाहदतप्रति दुख व्यक्त गर्दै परिवारप्रति संवेदना ट्वीटर मार्फत व्यक्त गरेकी छिन ।

104 पटक हेरिएकाे
Top