सत्ता हस्तान्तरण गर्न देउवालाई वाम नेताहरुको दबाब

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | समाचार

 

काठमाडौं, २० पुस । बालुवाटारमा सम्पन्न पाँच दलको बैठकमा वाम गठबन्धनका नेताहरुले प्रधामन्त्री देउवालाई सत्ता हस्तान्तरण गर्न ढिलो नगर्न सुझाव
दिएका छन् ।

बैठकमा एमाले नेता अग्नि खरेलले राष्ट्रिय सभालाई देखाएर सत्ता लम्ब्याउने खेल भएको आरोप लगाएको उनी निकट स्रोतले बताएको छ । नेता खरेलले राष्ट्रियसभाको निर्वाचनको मिति नतोकिएकोमा आपत्ति समेत जनाएका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको निर्वाचन माघ १० गते भित्र गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले भने आफू सरकार छोड्न तयार रहेको बताएका थिए ।

बैठकमा अधिकांश वाम नेताहरुले सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पाैडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पाैडेल, विजय गच्छदार, शशांक काेइराला, कृष्ण सिटौला, माअाेवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय फाेरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महताे लगायतका नेताहरु सहभागी थिए ।

93 पटक हेरिएकाे
Top