सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु तीन गम्भिर घाइते

E Naya Khabar Reporter २०७४ पुस ११ गते मंगलवार | समाचार

 

उदयपुर, पुस ११

सुन्तला बोकेको जीव दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन । उदयपुरको सल्लेबाट सदरमुकाम गाईघाट तर्फ सुन्तला बोकेर आउँदै गरेको जीप मंगलबार विहान दुर्घटना ग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स१च १२२८ नम्वरको बोलेरे जीप सुन्तला बोलेर गाईघाट आउँदै गर्दा रौतामाई गाउँपालिका ६ जेतेनी पाखामा दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल रहेका छन । मगरको घट्ना स्थलमै मृत्यु भएको हो ।

यसैगरी गम्भिर घाइते हुनेहरुमा चालक रौतामाई गापा ४ का रत्न राई, भक्त ब.सार्की, निर्मला राई, रहेका छन । जीपमा सवार ५ जनामध्ये १४ वर्षे बालक सन्देश राई सकुस रहेको उदयपुर प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

सडकबाट अन्दाजि ३ सय मिटर तल अन्यन्त्रि भई जीप भिरबाट खसेको थियो । सल्लेबाट सुन्तला बोकेर उदयपुरको सदरमुकाम गाईघाट आउँदै गरेको प्रहरीको भनाइ छ । गम्भिर घाईते हुनेलाई जिल्ला अस्पताल उपचारको लागि ल्याउने कार्य भइरहेको प्रहरीको दावी छ ।

217 पटक हेरिएकाे
Top