उदयपुरमा हावाहुरीको कारण एक मृत्यु घरको छाना उडाउँदा लाखौंको क्षति

E Naya Khabar Reporter २०७५ वैशाख २७ गते बिहीवार | मुख्य समाचार

 

उदयपुर, वैशाख २६

उदयपुरमा बुधबारको विहानीपख आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ भने लाखौं मुल्य बराबरको क्षति भएको छ । कटारी नगरपालिका १ कालिखोलाकी ६५ वर्षे आईतीमाया माझीको घरको भित्ता भत्केर थिच्दा मृत्यु भएको हो भने जस्तापाता (टिन)ले छाएको घर र विद्यालयको छाना उडाउँदा लाखौको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले माझीलाई सुतिरहेको अवस्थामा घरको भित्ता झरी किच्दा मृत्यु भएको बताए । यसैक्रममा बेलका ननगरपालिका ५ तिलबारीमा ४२  डिकमाया मगरको घरको बेरा हावाले भत्काई टाउकोमा चोट लागि घाईते भएकी छिन । घाइते मगरलाई स्थानिय क्लिनिकमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए । कहाँ कस्तो कति क्षति? जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर बेलका नपा ४ गुरुङचौरीमा रहेको श्री जनता माबि गुरुङचौरी स्कुलको  २ वटा भवनको टिनको छानो, काठ उडाई ६ लाख बराबरको क्षति भएको छ । यसैगरी सोही स्थानका श्रीलाल अधिकारीको किराना पसलको टिनको छानो उडाउँदा किराना सामानहरु पानिले भिजी नष्ट हुदा २ लाख बराबरको भएको प्रहरीको भनाइ छ । त्रियुगा नगरपालिका  १६ बस्ने बिन्दामाया कार्कीको काठले बनेको ६ कोठे माथी  लगाएको उडाउँदा ५ लाखको क्षति भएको छ । सोही स्थानका हरि कार्कीको गोठ र भान्साकोठा  र टिनको छानो उडाई ५० हजारको क्षति पु¥याएको डिएसपी अधिकारीले बातए । यसैगरी राम बहादुर बिकको २ तले काठले बनेको घरको टिनको छानो उडाएको १५ हजरको क्षति पु¥याएको प्रहरीको भनाइ छ ।टेक बहादुर बिकको एक तले काठ घरको टिनको छानो उडाई २० हजारको क्षति भएको छ । सिता पोख्रेलको एक तले काठले बनेको घरको टिनको छाना उडाई १५ हजरको क्षति भएको छ । मनोज बिकको ट्वाईलेटको छानो उडाउँदा १५ हजरको क्षति भएको छ । त्रियुगा नपा ८ मा दान बहादुर दाहालको ३० हजार, ठग बहादुर बुढाथोकीको १ एक लाख ७५ हजारको क्षति भएको छ भने माया मगरको २ तले  काठले बनेको घर पुरै नष्ट हुँदा ५ लाख २५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।  यता फलफुल पर्ने आपँ, लिच्ची, सुपारीमा ठुलो क्षति पु¥याएको कृषि कार्यालय उदयपुरका प्रमुख सरोजराज अधिकारीले बताए । ‘आँपामा ठुलो क्षति पु¥याएको छ,’ उनले भने, ‘हावाहुरी, पानी, र असिनाले फलफुलमा क्षति पु¥याएको छ ।’

236 पटक हेरिएकाे
Top