मलेसिया जाँदा हात गुमाएका चन्द्रबहादुर भन्छन, ‘विदेश नजाउ नेपालमै केही गरौं

E Naya Khabar Reporter २०७४ पुस ४ गते मंगलवार | Big News, फिचर न्युज, मुख्य समाचार

 

रामपुर, पुस ४ विदेश जाने अधिकाँस युवाको सपना हुन्छ, धन कमाउ अनि फर्किने र समाजमा इज्वत, मान प्रतिष्ठान कमाउने । त्यही सपना बोकेर  उदयपुर बेलाका नगरापालिका ४ का चन्द्रबहादुर खत्री पनि मलेसिया पुगे ।

२०६३ सालको अन्तिममा मलेसिया पुगेका खत्रीको सपना अधुरै रह्यो । पुगेको छ महिनामा देब्रे हातनै गुमाउनु प¥यो । धन कमाउने आशमा जीवनभर अपांग भए । ‘मेरै भाग्यमा यस्तै थियो की,’ उनले भने, ‘मर्नबाट बचे यसैमा खुसी छु ।’ मिलिनीयम मेनपावर काठमाण्डौबाट मलेसिया गएका खत्रीले देब्रे हात कुहिना मुनी गुमाएर ढेड वार्षपछि घर फर्के । ‘हात काटिद म अर्काको देशमा पटक पटक बेहोस भएँ,’ उनले आशुका धार झार्दै भने, ‘काटिएको हात डाक्टरले देखाउदा पनि बेहोस भएँ ।’ आफ्नो गरीखाने हात नै काटियो ।

धेरै रोए । जिन्दगी देखि हतास लागेर आयो । जीवनबाट हार भएको महशुस भयो । ‘त्यतिबेला धेरै नेपाली साथिहरुले सहयोग गर्नु भयो,’ उनले विगत सम्झदै भने, ‘अस्पतालमा काम गर्ने नर्सहरुले मलाई तिमी बाचेको छौं, हात नभए केही हुँदैन, नरोउ भन्दै सम्झाए । ‘सम्झदा हात नभएका मान्छेले पनि परिवार पालेकै छन,’ उनले भने, ‘जीवनलाई हात गुमाए अन्तिममा बाच्ने अठोट गरे ।’ हस्पिटलबाट डिस्चार्ज भइ कोठामा आएपछि मालिकले नेपाल जान मन लागे जा, नत्र सकेको काम गर तलब दिन्छु भनेर आश्वासन पनि दिए ।

मैले सोचे विदेशीहरुको पनि मन हुँदो रहेछ । सुरु सुरुमा पो त्यो भनेका रहेछन । पछि कहाँ त्यस्तो भयो । काम गर्न नसकेकै कारण घर आँए । मेनपावरलाई एक लाख १० हजार तिरेर मलेसिया गएका थिए । घरबाट विदा लिएर काठमाण्डौमा गएको डेढ महिना पछि मात्र मलेसिया उडे । मलेसिया पुगेको तीन दिनसम्म विमानस्थलमा कोहि लिन आएनन् । अलपत्र परेँ । अरुले दिएको केही खाने कुरा खान्थ्ये । चिसो भुइँ मै भोक भोकै सुते ।

नेपालबाट झोलामा चिउरा बोकेको थिए । भोकले अतालिएको वेला पनि त्यो चिउरा खान पाइएन । झोला एयरपोर्टकै कोठामा थुनिएको थियो । तीन दिनपछि कम्पनीका मालिक लिन आए ।  खुुशीले मन फुरुँग भयो । साहुसँग कम्पनी गएको भनेको त, फेरी साहुले घरमा गइएछ । त्यो साहुले पनि घरमा लगि तीन दिन कोठामै थन्यो । मलाई काम कतिखेर पाइन्छ भन्ने हतार थियो । मलेसिया आँउदाको ऋणको व्याज घरमा बढिरहेको थियो । मलेसिया पुग्दा पनि साहुले कोठामै थुनेपछि लाग्यो ‘चोक्टा खान आएकी बुढी झोलमा डुवेर मरी ।’

तर, पनि हरेस नखाइ बसेपछि चार दिनको बीचमा काम पाए । हामीलाई कुखुराको अन्डा बटुल्ने काम लगाइयो । त्यसमा मासिक ९ सय रिङगेट दिइयो । नेपालमा भएको श्रम सम्झौतापत्र पत्रमा ४ सय ८० रिङगेट पाउने थियो । त्यसको एक महिनापछि फेरि त्यो साहुले कसैलाई काठ फ्याट्रीमा कसैलाई कता पुर्यादियो । चार महिना पछि म पनि काठ फ्याक्ट्रीमा काम गर्न गए । काठमा काम गर्न थाले पछि महिनाको १३ सय रिङगेट पाउन थाले ।काठ फ्याक्ट्रीमा काम गरेको २६÷२७ दिन मात्र भएको थियो । ठूल ठूला काठको टुन चिर्नु पर्दथ्यो । मेसिनसम्म गुडकाउदै काठका टुन पु¥याउन पर्दथ्यो । ठेल्दै लगेपछि मिस्त्रीले मेसिनमा चिर्ने काम गर्दथ्ये । अर्काको देशको काममा निकै ध्यान दिनुपर्छ । नत्र पैसा नपाइएला भन्ने डर हुन्छ । त्यही काममा ध्यान दिदाँ मेरो हात मेसिन परेर काटिएको थाहानै पाईन ।

हेर्दा मेरो हात काटेको जस्तो लाग्यो । तर दुखेन । पछि हात देखेपछि बेहोस भएछु । होसम आउँदा  अस्पतालमा रहेछु । हात काटिनु अघि मलेसिया गएको ऋण तिरीसकेको थिइन । हात गुमेको एक महिनापछि पुन काम सुरु गरे । मेरो एउटा हातकै साहाराबाट अरु साथीहरुले जस्तै काठका टुन ठेल्ने काम गरे । मालिकले सधै मेरै कामको बारेमा जिज्ञास राख्दथ्ये । काम गरेको छ कि छैन भनेर साथीहरुलाई सोधिरहने । एउटा हात भएपनि अरु सरह गुर्न पर्ने बाध्यता थियो । डेढ बर्ष पछि काममा योग्य नभएको कारण नेपाल फिर्ता पठाइयो । घर आएँ । मेरो हात काटे पछि मालिकले इन्सुरेन्सबाट नेपाली पैसा ३ लाख ३५ हजार दिएँ । मैले पनि त्यही पैसामा चित्त बुझाए । पैसाले ४ कठ्ठा ऐलानी जग्गा किनेर बसेको छु । नेपालबाट पनि क्षतिपूर्ति लिनका लागि मेनपावरले धेरै प्रयास गरिदियो । तर, अहिलेसम्म केही पाइन । सुन्छु नेपाल सरकारले पनि क्षतिपुर्ति दिन्छ भनेर तर, केही पाएको छैन । धेरै ठाँउ धाएर चुप चाप बसेको छु । सवैभँदा सरकारले देशमै रोजगारी दिएको राम्रो हुन्छ । देशमै १० कमाउनु र विदेशमा गएर ५० हजार कमाउन भनेको १० हजारलेनै जित्ने छ । विदेश जाँदा पैसा कमाइने कुनै ग्यारेन्टी हुँदैन ।

सकेसम्म सिप सिकेर जानुपर्छ । सरकारले देशमै रोजगारी सिर्जना गरेको हेर्न पाए हुन्थ्यो । पुख्यौली जग्गामा मै विभिन्न प्रकारका खेती किसान गरेर पनि पैसा कामउन सकिन्छ । विदेश जानुभन्दा त्यही गर्दा राम्रो हुने सुझवा चन्द्रबहादुरको छ । हाल उमेरले ३२ पुगेको चन्द्रबहादुरको घरपरिवारमा श्रीमती ललीता खत्री, सहित एक छोरा र एक छोरी छन । छोरा २ कक्षामा र छोरी एलकेजीमा पढछिन । त्यससैले छात्रवृतको खोजीमा जिल्ला समन्वय समिति अन्र्तग रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना उदयपुरको कार्यालय आइपुगेका थिए ।

बेलका नगरपालिका ४ कै एक निजी विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरिरहेको बताउने चन्द्र बहादुरले सामी परियोजना उदयपुरबा६ छोराछोरीको लागि वैदेशिक रोजगार छात्रवृत्तिका लागि फर्म भरेको पनि बताए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डद्वारा वितरण गरिने यो छात्रवृत चन्दैबहादुरले पाउने सामी परियोजना उदयपुरकी प्रमुख सोनाम राईले जानकारी दिइन ।

110 पटक हेरिएकाे
Top