एनआरएनए निर्वाचनः भट्टको पक्षमा पल्टियो पासा

E Naya Khabar Reporter २०७४ असोज ३१ गते मंगलवार | प्रवास, फिचर न्युज, मुख्य समाचार

 

गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको चुनावमा प्रतिष्पर्धी जमुना गुरुङलाई करिब साढे ५ सय मतले पछि पार्दै अध्यक्ष पदमा भट्ट विजयी भएका हुन् ।

भट्टले मत ११९७ अर्थात ६६ प्रतिशत मत ल्याई विजयी भए भने गुरुङले ६ सय ५७ मत मात्र प्राप्त गरिन् । सिनर्वाचनमा कूल १ हजार ८ सय ५४ मत खसेको थियो ।

भट्टलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जिवा लामिछानेको साथ थियो । त्यस्तै खुल्ला उपाध्यक्ष कुमार पन्ट्ट र कुल आचार्य विजयि भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भएकी छन्।

महासचिवमा बद्री केसी, सचिवमा डिवी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा विजयी भएका छन्। एनआरएनए सन् २००३ सालमा स्थपना गरिएको संस्था हो। यसका संस्थापका अध्यक्ष डा.उपेन्द्र महतो रहेका छन्।

महतोपछि यो संस्थामा देवमान हिराचन, जिवा लामिछाने र शेष घलेले नेतृत्व गरिसकेका छन्। को हुन् भट्ट एनआरएनएमा जापबाट प्रतिनिधित्व गर्ने भट्ट एनआरएनएको निर्वतमान उपाध्यक्ष हुन्। जापनमा १२९ होटल तथा रेष्टुरामा लगानी गरेका छन् ।

नेपालमा सञ्चार, हाइड्रो, शिक्षा, पर्यटन, पूर्वधार लगायतका २९ वटा संस्थामा उनको लगानी रहेको छ। नेपालको गोरखा जिल्लामा जन्मिएका भट्ट जापन गएपछि सुरुवाती चरणमा भाडा माझ्ने काममा लागेको बताउछन् ।

286 पटक हेरिएकाे
Top