उदयपुरको पहाडी क्षेत्र लघु विद्युतको भरमा

E Naya Khabar Reporter २०७५ वैशाख १२ गते बुधवार | Big News, फिचर

 

उदयपुर, बैशाख १०

उदयपुरको पहाडी क्षेत्र लघु विद्युतको भरमा उज्यालो भएको छ । राष्ट्रिष्य विद्युत प्रशारण लाईन नजोडिएको पहाडी क्षेत्रमा स्थानीय खोनालनाबाट उत्पादन गरिएको लघु विद्युतको भर उज्यालो भएको हो । विगतका दिनहरुमा स–साना खोलानाहरुबाट हाईड्रो पावर मार्फत निकालिएको विजुलीबाट पहाडी क्षेत्र चौविसै घण्टा झलमल भएको छ । जिल्लाको पहाडी क्षेत्रमा हालसम्म सरकारी तथा गैर सरकारी निकायको प्रयासमा २ सय ११ दशमलव ५ किलोवाटभन्दाबढी विद्युत उदयपुरमा उत्पादन भएको जिल्ला समन्वय समिति उदयपुरका उर्जा तथा वातावरण अधिकृत राजदेव यादवले बताए । ‘नयाँ संरचना अनुसार विभिन्न नगरपालिका र गाँउपालिकाकाले विद्युतको राष्ट्रिय प्रशासरण लाईन जोड्न जोडबल गरिरहेका छन,’ उनले भने, ‘स्थानीय सरकारको प्रयार पनि ठिकै छ, तर, अहिलेसम्म पहाडी क्षेत्रमा लघु विद्युतले सेवा दिइरहेको छ ।’ हाल २० किलोवाट भन्दा माथि आँपटारको यारिखोला(२३), राकुखोला  ठानागाँउ(२५) र हाडीखोला पोखरी(२३) किलोवाट रहेको यादवले बताए । उर्जा तथा वातावरण शाखाको तथ्यङमा १० किलोवाट भन्दा तलका तीन वटा अयोजना छन् । जसमा नागदहखोला हर्देनी १७, वैद्यनाथ खोला १५, भलाया डुल्माखोला १६ किलोवाटका हुन । त्यस्तै गरि १० किलेवाट भन्दा तलका २२ वटा आयोजना रहेको छ । खरीखोला, छिपिखोला, धमिले खोला, रसुवा खोला, राताखर्क खोला लगायत आयोजनामा रहेको तथ्याङमा देखाईएको छ ।  निर्माण कार्यका लागि तयारी अवस्थामा ३० किलोवाट भन्दा माथिका तीन आयोजना  छन । जसको काम धमाधम भइरहेको छ । सोरुङ खोला सोरुङ छविसे ३०, डोडेनी खोला मयँखु ३२ र यारीखोला इनर्मी ३६ किलोवाटका छन् । विद्युतसँगै सोलार प्रयोग कर्ता समेत बढ्दै गएका छन । सरकारी तथा गैर सरकारी सहयोगमा सोलार जडान गर्ने प्रयोगकर्ता पनि बढेका हुन ।  वैकल्पिक उर्जामा पर्ने टुकी, दियालो बाल्ने उदयपुरका पहाडी क्षेत्रका सर्वसाधरण अहिले सोलार र लघु विद्युत प्रयोग गरिरहेका छन । सर्वसाधरणलाई मोवाईल चार्ज गर्न, विद्यालयमा कम्प्युटर शिक्षा लागु गर्न, मिल चालउन, विद्युतबाट सञ्चालन हुने साना घरेलु उद्योग सञ्चालन गर्न, बत्ति बाल्ने लगायतका काममा सहज हुँदै समेत गएको छ ।

60 पटक हेरिएकाे
Top