अनमोलको कृ ले जोगाउला शाख ? 

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | मनोरञ्जन

 

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को सुरुवात सुखद हुन सकेन  । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो दिन हल भरिने अनुमान थियो । चितवनमा शुक्रबार मध्याह्नको प्रदर्शन हेर्ने दर्शक सामान्य रहे । यसअघिका चलचित्र ऐश्वर्य, प्रेम गीत–२ र म यस्तो गीत गाउँछु कै हाराहारीमा दर्शक आए । संवाद र पटकथा जम्न नसक्दा चलचित्र कमजोर भएको दर्शक सूर्य अधिकारी बताउँछन् । सुरुवात सहज र अन्त्य वियोगान्तले अलि खल्लो बनाएको अधिकारी बताउँछन् । यद्यपि, आज शनिबार दर्शकको भिड बढ्ने अनुमान निर्माण समूहको छ । अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहेको चलचित्रको प्रस्तुतिमा फकरशैली अपनाउने प्रयास भए पनि वियोगान्त प्रेम कहानीले युगल जोडीलाई खिन्न पार्छ । द्वन्द्व मन पराउने दर्शकका लागि भने बदलाको कथा समेटिएको उक्त चलचित्र उत्कृष्ट हुन सक्छ । तर, द्वन्द्व चाहिनेभन्दा बढी रहेको फिल्म हेरेपछि चलचित्र पत्रकार रवि अधिकारीले प्रतिक्रिया दिए ।  उत्कृष्ट बनाउने कोसिस भने देखिएको उनको भनाइ छ । चन्द्र पन्तद्वारा निर्दे्शित एक्सनले ‘कृ’को शाख जोगाउला? प्रश्न खडा भएको छ । बेलायती लाउरेको कथा जोडिएको उक्त फिल्ममा कुनै बेलायतको दृष्य नदेखाइनु चलचित्रकै लागि दुखद छ । रोमान्टिक भूमिकामा खेल्दै आएका अनमोल ‘कृ’मा भने एक्सन अवतार लिएर प्रस्तुत भएका छन् । द्वन्द्वलाई फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । तर डेब्यु नायिका अदितिको ठाउँमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दिएको भए अझै उत्कृष्ट हुने प्रतिक्रिया दर्शकको छ । कौतूहल जगाउन सक्ने कयाँै सिनमा निर्देशक चुकेका छन् । चितवनको इन्द्रदेव हलका म्यानेजर हरि रेग्मी गोलमाल जस्तो देखिए पनि चलचित्र हेर्न सुरु गरेपछि दर्शकलाई पट्यार नलाग्ने खालको रहेको बताउँछन् । ‘कृ’कै लागि शरीर बनाउन निकै मिहिनेत गरेकाले अनमोल पछिल्लो केही महिना मिडियामा नआएको चर्चा थियो । तर, फिल्ममा उनको इन्ट्री प्रतिक्षित नहुँदा सुरुमै दर्शकलाई असहज लाग्छ । बच्चामा हुर्किएको प्रेम जोगाउन लाहुरेले अनेक प्रयत्न गर्छन् ।  विभिन्न अवरोधहरु आइपर्छ । अपहरणमा परेकी केशर र लाहुरेको भेट के हुन्छ? यही फिल्म सस्पेन्स बनाउन खोजिएको छ । अपहरण सहज देखाउनु कमजोरी रहेको पत्रकार अधिकारी बताउँछन् । वियोगान्त फिल्ममा द्वन्द्व उत्कृष्ट बनाउने कोसिस देखिन्छ । ‘कृ’मा राखिएका ‘यतीयती पानी’ उकालीमा अघिअघि, जानी नजानी, गीतले फिल्मलाई उत्कृष्ट बनाउन मद्धत गरेको छ । नायक अनमोल र नवनायिका अदिति बुढाथोकी मुख्य भूमिकामा छन् । सुवास इन्टरटेनमेन्टको निर्माण र द काजोल फिल्मको प्रस्तुति रहेको ‘कृ’लाई भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन् । यसमा सरोज खनाल र रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, अमित गिरीलगायत कलाकार छन् । दुई रुपमा प्रस्तुत भएका नायक केसीमै फिल्म घुमेको छ ।  सुरेन्द्र पौडेलको कथा तथा निर्देशमा चलचित्र बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको उक्त चलचित्रमा प्रदीप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा रेनशा वान्तवाको नृत्य निर्देशन छ ।

21 पटक हेरिएकाे
Top