यी हुन् यो वर्ष बलिउडमा देखिने नयाँ जोडी

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | मनोरञ्जन

 

गएको वर्ष सिल्भर स्क्रिनमा केही नयाँ बलिउड जोडीको रोमान्सलाई दर्शकले हेरे र रमाइलो माने । यस वर्ष पनि केही कलाकार पर्दामा पहिलोपटक जोडीको रुपमा आउदैछन् र दर्शकलाई लठ्ठै बनाउने योजनामा छन् ।

हेरौं यसरी पर्दामा कसले कोसँग जोडी बाँधेको छ । निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘पद्यावती’ मा दिपिका पादुकोण र शाहिद कपुरले पहिलोपटक स्क्रिन सेयर गरेका छन् । त्यसो त धेरै फिल्ममा दिपिकाको जोडी बनेर अभिनय गरेका रणबीर सिंह र आलिया भट्ट ‘गली ब्वाई’ मा देखिँदैछन् । फिल्मको निर्देशक रहेका छन् जोया अख्तर । निर्देशक आर बाल्कीको फिल्म ‘प्याडम्यान’मा पहिलोपटक अक्षयकुमार र राधिका आप्टेले स्क्रिन शेयर गरेका छन् । राधिका बोल्ड नायिकाको रुपमा चिनिन्छिन् भने अक्षय एक्सन स्टार । यीनको रिल रोमान्सले दर्शकलाई कत्तिको सन्तुष्ट बनाउने हो हेर्न बाँकी नै छ ।

निरज पाण्डेको फिल्म ‘ऐयारी’ मा सिद्धार्थ मल्होत्रासँग रकुल प्रीत सिंहले रोमान्स गरेकी छन् । यस्तै तरन मनसुखानीको फिल्म ‘ड्राइभ’ मा सुशान्त सिंह राजपुत र ज्याकलिन फर्नाडिसले अभिनय गरेका छन् । उनीहरुले पनि पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । त्यसो त मेघना गुलजारको फिल्म ‘राजी’ मा विकी कौशल र आलिया भट्टले अभिनय गरेका छन् । यो बर्ष बलिउडमा चर्चित स्टारहरुको चलचित्र रिलिज हुँदैछ । यसैले पनि बक्स अफिसमा कुन स्टारको चलचित्रले कस्तो कमाई गर्छ भन्ने आँकलन हुन थालेको छ ।

बलिउड सुपरस्टार नायक साहरुख खान यो बर्ष दर्शकलाई सरप्राइज गर्न क्रिसमसमा नयाँ चलचित्रको साथ आउँदैछन् । आनन्द एल रायको निर्देशनमा बनिरहेको चलचित्रको छायांकन हाल धमाधम भैरहेको छ । नयाँ बर्षको अवसर पारेर साहरुखले चलचित्रको टिजर सार्वजनिक गरेका छन् । चलचित्रको नाम ‘जिरो’ राखिएको छ ।

धेरैले विभिन्न अड्कल काँटेपनि अन्तमा आनन्द एल राय र साहरुखले चलचित्रको नाम ‘जिरो’ राखेका हुन् । चलचित्रमा साहरुख खान होचो व्यक्तिको भूमिकामा छन् । टिजरमा चलचित्रमा समावेश एउटा गीतको सानो अंश र साहरुखको गेटअप सार्वजनिक भएको छ । बलिउडमै अहिलेसम्मको उच्च भीएफएक्स भनिएको यो चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।

77 पटक हेरिएकाे
Top