यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को “जात्रा” नामक हास्य टेली सिरीयल सार्वजनिक

E Naya Khabar Reporter २०७४ पुस १९ गते बुधवार | मनोरञ्जन

 

 

 

हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को “जात्रा” नामक हास्य टेली सिरीयल केहि समय अगाडि मात्रै युट्युव च्यानल (Sarape production) मार्फत सार्वजनिक भएको छ ।

सरापे प्रोडक्सन को प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जय कुमार थापा र रिजोईस घलेले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् ।बुद्ध थापा र प्रवेश पोखरेलको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश राउत ले सम्पादन गरेका हुन्

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), अबतार कडेल,जय कुमार थापा,रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत,अम्बिका भुजेल, मधु आचार्य,उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,र बिरक खड्का लगायत को मुख्य अभिनय रहेको छ ।

बिगत मा अरुको कम्पनी काम गरेका निर्देशकदयले हास्य श्रृङखला जात्रा भने आफ्नै कम्पनी (Sarape production) मार्फत सार्वजनिक गरेका छन समसामयिक तथा लोक काथा मा आधारित उक्त हास्य श्रृङखला लाई दर्शक ले मन पराउने कुरामा निर्देशक दोय ढुक्क छन् ।

168 पटक हेरिएकाे
Top