चीनले पहिलो पटक बनायो  अन्डरवाटर ग्लाइडर

E Naya Khabar Reporter २०७४ पुस २२ गते शनिवार | र्इखबर

 

एजेन्सी पुस २२

चीनले पानी भित्र निगरानी गर्ने नेटवर्क निर्माण गरेको छ । यो नेटवर्क चीनद्वारा बनाएको ग्लाइडरको सहयोगमा काम गर्दछ ।

पानी भित्र काम गर्ने चीनिया ग्लाइडरले हिन्द महासागर र दक्षिण चीन सागरमा सफलतापूर्वक परिक्षण गरेको छ ।  समाचार अनुसार चीनले पानी भित्र का गर्ने यस्तो नेटवर्क निर्माण गरिएको छ कि ग्लाइडरको सहायतावाट पनी डुब्बीहरुले आफ्नो लक्ष्य पत्ता लगाउन सहायता मिल्दछ ।  चीनिया समाचार संस्था सिन्हवाका अनुसार पानीभित्र का गर्ने त्यो ग्लाइडरको नाम हेयी हो । यसले हिन्दमहासागरमा वैज्ञानिक परिक्षण सफलापूर्वक पुरा गरेको छ ।  चीनले निर्माण्ण गरेको अन्डरवाटर ग्लाइडरको प्रयोग पहिलो हो ।

हिन्द महासागर र दक्षिण चीन सागरमा यो अभियानलाई  ११ डिसेम्बर देखि २ जनवरीसम्ममा पुरा गरिएको थियो । यसको उद्देश्य जलवायू परिवर्तन तथा समुन्द्रीक परिस्थितिहरु बीचको सम्बन्ध पत्ता लगाउनु थियो ।  गहिरो तथा फैलिएको समुन्द्रको ठूलो क्षेत्रमा वातावरणलाई अवलोकन गर्न यो ग्लाइडरको प्रयोग गरिएको थियो ।

ग्लाइडर निर्माण गर्ने चाइनिज एकेडेमी अफ साइन्सका शेनयांग, इस्टीच्यूट अफ अटोमेशनका अनुसन्धानकर्ता यू जियांनचेगले भन्नुभएको छ ७०५ किमी लामो यात्रामा हेयीले विस्तृत तथ्यांक केन्द्रित गरेको छ ।

77 पटक हेरिएकाे
Top