बोर्डिग स्कुलका विद्यार्थीहरुले गरे विज्ञान तथा कला सिर्जनाहरुको प्रदर्शनी

E Naya Khabar Reporter २०७४ पुस १० गते सोमवार | शिक्षा

 

उदयपुरको कटारी स्थित सगरमाथा इगंलिस बोर्डिग स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला संग सम्बन्धित विभिन्न सिर्जनाहरुको प्रदर्शनी गरेका छन् । आइतवार विद्यालयकाृ प्रागंणमा विधार्थीहरुले विभिन्न सिर्जनाहरु प्रदर्शन गरेका हुन । विद्यार्थीहरुले विज्ञान प्रदर्शनी प्रोजेक्ट रिर्पोट आर्ट एण्ड क्राफ्ट लगाएतका सिर्जनाहरु प्रदर्शन गरेको विद्यालयले जनाएको छ ।


विद्यालयले विद्यार्थीको क्षमता अभिबृदिको लागी वर्षेनी यस्तो क्रियाकलाप गर्ने गरेको र यो तेस्रो पटक आयोजना गरीएको विद्यालयका प्रिििन्सपल कुमार सिंह राईले बताउनुभयो । सनिवार तथा विभिन्न विदाका समयलाई सदुपयोग गर्दै आफुलाई मनपर्ने यस्ता सामाग्रीको निर्माण गर्ने गरेको सोही स्कुलका अध्यन गर्दै आएका विद्यार्थिहरुले बताएका हुन् ।
अभिभावक भने छोरा छोरीको यस्ता क्रियाकलाप देखेर आफु दगं रहेको वताएका हुन् । प्रदर्शनीको अवलोकनमा अन्य निजि स्कुल तथा सरकारी स्कुलका छात्र छात्राको उपस्थीतिरहेको थियो भने , अन्य अबलोकनकर्ताको समेत भिडभाड रहेको थियो ।

111 पटक हेरिएकाे
Top