प्रदेश महोत्सव रातमा संचालन नहुने

E Naya Khabar Reporter २०७४ फागुन १४ गते सोमवार | Big News, अर्थ

 

उदयपुर फागुन १४

उदयपुरको सरमुकाम गाईघाटमा मंगलबारबाट सुरु हुने पहिलो प्रदेश महोत्सव हुने भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा हुन लागेको महोत्सव बारे आज एक पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । ‘आऔ जुटौ गर्न भाषा कला र संस्कृतिको उत्थान, बढाउन उद्योग, व्यापार, व्यवसाय र पर्यटन भन्ने नाराका साथ फागुन १५ देखि २५ गते सम्म प्रदेश महोत्सव संचालन हुने छ । गत बर्षहरुमा साँझको समय महोत्सव लाग्ने गरेकोमा यस बर्ष देखि विहान ११ बजे देखि ७ बजे सम्म मात्र महोत्सव संचालन हुने जानकारी आयोजकले दिएको छ । महोत्सवमा अवलोकन गर्न प्रति व्यक्ति पचास र विद्यार्थीहरुको लागि तिस रुपैया शुल्क निर्धारण गरिएको छ । भने असक्त र अपाङ्गलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ ।  उदयपुरको सरमुकाम गाईघाटमा मंगलबारबाट सुरु हुने पहिलो प्रदेश महोत्सव हुने भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा हुन लागेको महोत्सव बारे आज एक पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । ‘आऔ जुटौ गर्न भाषा कला र संस्कृतिको उत्थान, बढाउन उद्योग, व्यापार, व्यवसाय र पर्यटन भन्ने नाराका साथ फागुन १५ देखि २५ गते सम्म प्रदेश महोत्सव संचालन हुने छ । गत बर्षहरुमा साँझको समय महोत्सव लाग्ने गरेकोमा यस बर्ष देखि विहान ११ बजे देखि ७ बजे सम्म मात्र महोत्सव संचालन हुने जानकारी आयोजकले दिएको छ । महोत्सवमा अवलोकन गर्न प्रति व्यक्ति पचास र विद्यार्थीहरुको लागि तिस रुपैया शुल्क निर्धारण गरिएको छ । भने असक्त र अपाङ्गलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ । उदयपुरमा पहिलो पटक उद्योग वाणिज्य संघको आयोजनामा प्रदेश महोत्सव हुन लागेपछि सर्वसाधरण तथा व्यापारीहरु खुसी भएका छन् । महोत्सवको पूर्व सन्ध्यामा यतिबेला गाईघाट बजार महोत्सवको स्वागतद्वारहरुले  सजिएको छ । व्यापारीहरुको एकताको आधारको रुपमा लिईएको महोत्सवमा विभिन्न स्थानबाट डेढ सय बढि स्टलहरु राखिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि सामाग्री, अटो मोवाईलस, खाद्यन्न लत्ता कपडा लगायतको स्टल राखिने त्रियुगा उद्येग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । ‘महोत्सवबाट प्राप्त रकमले त्रियुगा नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न अतिथी सदन निर्माण गर्ने उद्देश्य रहेको छ ।’  मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष भगतले भने ‘त्रियुगा महोत्सव एक उपभोक्ता मेला समेत भएकाले उपभोक्ता र व्यवसायी विच प्रत्यक्ष सम्पर्क कायम गर्ने र उत्पादनको बारेमा बुझ्ने अवसर समेत पाउने छन ।’ १० दिन सम्म चल्ने महोत्सवबाट करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवलाई आकर्षण थप गर्नका लागि दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुती दिने छ ।  महोत्सवमा वाल उद्यान लगात विभिन्न मनोरञ्जनात्मक खेलहरु संचालन गरिनेछ । एसियनथाई फुड्स प्रालि र उदयपुर सिमेण्ट उद्योग मुख्य प्रायोजक रहेका छन । गाईघाट स्थित त्रियुगा बस पार्क महोत्सव संचालन हुने सचिव दिनेश श्रेष्ठले बताए । ‘देश संघीयतामा गईसकेपछि पहिलो पटक आयोजना हुन लागेकोले महोत्सवको छुट्टै महत्व रहेको छ ।’ श्रेष्ठले भने ‘यस पटक १ नम्बर प्रदेशमै पहिलो पटक वाल उद्यम, हेली सयर जस्ता नयाँ कार्यक्रम राखिएका छन ।’ महोत्सव संचालन गर्दा संघले साठी लाख आम्दानी र ५० लाख खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।  १० दिन सम्म संचालन हुने महोत्सव उदयपुर लगायत छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सुनसरी, मोरग लगायतबाट झण्डै दुई लाखले महोत्सव अवलोकन गर्ने आशा राखिएको छ । स्थानीय व्यापार प्रवद्र्धनको लागि भन्दै आयोजना गरिएको महोत्सवबाट एक करोड पचास लाख बढिको व्यापार गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

161 पटक हेरिएकाे
Top