ओली–दाहालबीच वान टु वान वार्ता सकिए लगत्तै दुवै दलको बैठक आव्हवान

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | Big News

 

काठमाडौं
एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतामा गतिरोध आएको आशंका बढदै गएको अनुमान लगाउन क्रम बढीरहदा दुई दलका अध्यक्षबीच वान टु वान वार्ता आज सम्पन्न भएको छ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्याउने बिषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । २ दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको थियो । यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको थियो । दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेतृत्वमाथी दबाब दिईरहेका छन् ।

आज आ–आफ्नो पार्टीको बैठक बसेर भोलि बस्ने एकता संयोजन समितिको बैठकमा सबै कुरा टुंगाउने नेताहरुको तयारी छ ।
एमालेले बोलायो बैठक

एमाले स्थायी समिति बस्ने माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे छलफल गर्न एमालेले अपरान्ह स्थायी समिति बैठक बोलाएको छ । वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकले माओबादी केन्द्रसँगको एकता प्रक्रियामा हालसम्म भएका प्रगति र आगामी रणनितिबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

दुई पार्टीबीचको एकता प्रक्रियामा सुस्तता बढिरहँदा सत्ता नेतृत्वकर्ता दल एमालेले आन्तरिक छलफललाई अघि बढाएको हो । आगामी आर्थीक बर्षको निति तथा कार्यक्रम प्रस्तुत हुनु अघि नै एकता प्रक्रियालाई टुंग्याउने हिसावले दुबै दलले गृहकार्य गरिरहेको एमाले उच्च श्रोतले जनाएको छ ।

माओवादीको कार्यलय बैठक दिउसो ४ बजे

एमाले र माओवादी केन्द्र बीचको पार्टी एकताको विषयमा निर्णय लिन माओवादी केन्द्रले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ ।

आज दिउँसो प्रचण्ड निवास खुमलटारमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहान बालुवाटारमा बैठक भएपछि माओवादीले आकस्मिक बैठक बोलाएको हो ।
एमालेले पनि आजै ४ बजे पार्टी स्थायी समितिको बैठक बोलाएको छ ।

190 पटक हेरिएकाे
Top