अभावै अभाव गाँउ सरकारका राजधानी

E Naya Khabar Reporter २०७५ जेठ २ गते बुधवार | Big News, राजनीति

 

उदयपुरः

पहाडी क्षेत्रका गाँउपालिकाका केन्द्रका बजार क्षेत्र नहुँदा समस्या भएको छ । पालिका केन्द्रमा होटल, हल र प्रयाप्त भाडामा बस्ने घर समेत नहुँदा समस्या भएको हो । होटल र लजको सुविधा चित्तबुझदो छैन । बत्ती, पिउने पानी, टेलिफोन, इन्टरनेटको समस्या जटिल छ । ‘गाँउपालिकाको केन्द्र आएपछि कहिले काम सकेर फर्किनु हुन्छ जस्तै लाग्छ,’ ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले भने, ‘यहाँको सवै काम गर्ने मै, हुँ, कस्लाई भन्नु, विस्तारै पुरा गर्ने जानु पर्ला ।’ अध्यक्ष थापाले गाँउपालिकाको केन्द्रमा प्रयाप्त घरहरु नहुँदा गाँउपालिका विभिन्न विषयगत कार्यालयहरु समेत स–सानो कोठामा राख्नु पर्ने बताए । ‘कर्मचारलाई बस्न प्रयाप्त घर भाडामा पाउने अवस्था छैन,’ पुन उनले भने, ‘हुन विस्तारै हुँदै जान्छ, होला तर, तत्काल पालिकाको केन्द्रका समस्या भनेर साध्य छैन ।’ गाउँपालिकाको केन्द्र आसपासमा बजार समेत अनुगमन हुन सकेको छैन । व्यापारीहरूले मूल्यसूचीमा एकरूपता नगर्दा महंगी बढेको छ । ‘पालिका केन्द्रका बजार अनुगमन नहुदा अर्को महंगी बढेको छ,’ ताप्ली गाँउपालिकाकै शिक्षक मिलन लामाङले भने, ‘ताप्ली गापको खुमलटार बजार सवैभन्दा ठुलो बजार हो, गापाकोक केन्द्रबाट चार पाँच किलोमिटर टाढा छ, अहिलेसम्म अनुगमन भएको छैन, कस्ले गर्ने हो त्यो पनि थाहा छैन, उपभोग्य वस्तुको मुल्य अत्यधिक महंगो छ ।’ गाउँपालिकाको केन्द्रमा सजह टेलिफोन सेवा छैन । पिउनेपानीको समेत चरम संकट छ । स्रोत नभएको र हालको मुहानमा पानी सुक्दा समस्या हुने गरेको स्थानीयले बताए । अत्यावश्यकीय पूर्वाधार अभावले गाउँपालिका केन्द्रभित्र रहेका सरकारी कायार्लयहरू सञ्चालन गर्न कठिनाइ छ ।  उदयपुरको ताप्ली, रौतामाई, उदयपुरगढी र लिम्चुङबुङ गाँउपालिकामा समस्याको घेरा भित्र रहेका छन । पहाडी क्षेत्रमा पर्ने पालिकाका केन्द्रमा भर्खर पुग्दै गरेको धुले सडक छन । ‘पालिकाका केन्द्रमा गाडी गुड्ने भनेको हिउँमा मात्र हो,’ शिक्षक राधारमण खतिवडाले भने, ‘वर्खायम सुरु भएपछि बन्दै हुने गरेको छ ।’कर्मचारीको चाप बढेसँगै घर भाडा दोब्बर, गुणस्तरी कोठै छैनन पालिकाका केन्द्रमा कर्मचारीको चाप बढेकाले स्वाभाविक रुपमा स्थानीय घर भाडा बढाउने गरेका छन्। ‘पहिला पहिला भाडासमेत लाग्दैन थियो,’ लिम्चुङबुङ गाँउपालिका अध्यक्षले भने, ‘अहिले के बढ्यो भन्नु, मासिक एक हजारदेखि २ हजारसम्म घरनै दिन्छन् तर, कोठा भनेको जस्तो हुँदैन, गाँउघरका घर परे।’ लिम्चुङबुङ गापा–१ का वडा अध्यक्ष भीम किरातीले पुनःसंरचनाले मुहार परिवर्तन ल्याए पनि पालिकाको केन्द्रमा सरदमुकाम जस्तो सेवा सुविधान नपाएको बताए। नयाँ व्यापारी, कर्मचारीको चाप बढ्दै गएको बताए। उनका अनुसार कर्मचारीको चाप बढ्दै गएपछि स्थानीयले घर वाहालमा लगाउने तरिकाले निर्माण गर्न थालेका छन। गापाकै केन्द्रमा अहिले घर जग्गा कारोबार फस्टाउन थालेको छ।’ ‘यहाँको जग्गाको मूल्य अधिक सस्तो थियो त्यसको कुरै नगरौं, यहाँ धान खेत मात्र महँगो हुने गर्दथ्यो,’ ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारका कटकबहादुर खत्रीले भने, ‘पहिला ३५ देखि ४० हजार प्रति रोपनीमा पाइने बारी अहिले एउटा गोठ बन्ने जग्गालाई एक लाख दुई लाख भन्न थालेका छन।’ कटारी, गाईघाट र वेल्टारका जग्गाको मुल्य घटे पनि वेलाका नगरपालिका, ताप्ली, रौतामाई, सुनकोसी र उदयपुर गाउँपालिकामा जग्गाको मूल्य बढ्न थालेको छ।

94 पटक हेरिएकाे
Top