जंगली सुँङगुरको मासु बेच्न खोज्ने प्रहरी फन्दामा

E Naya Khabar Reporter २०७५ वैशाख ३० गते आइतवार | Big News, समाचार

 

उदयपुर, बैशाख ३०

उदयपुरको वेलाका नगरपालिका २ भागलपुरमा जंगली वदेलको २५ केजि मासु सहित तीन जना पक्राउ परेका छन। उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार बेलका नपा २ का ३०  वर्षे गणेश राई, ३५ वर्षे फुलमाया तामाङ २५ केजि मासु सहित पक्राउ परेका हुन। ‘जंगली वदेलको मासु सहित पक्राउ परेकालाई वन कार्यालयलाई जानकारी गराएका छौ,’ उनले भने, ‘वन कार्यालयलले अव कानुनी कारवाही अगाडी बढाउने छ।’ शनिबार भागलपुर चौकीले विशेष सुराकीको आधारमा मासु सहित पक्राउ गरेको हो। कोशी टप्पु वन्य जन्तु क्षेत्र नजिक पर्ने भएकाले जंगली जनवारको चोरी तस्कारीप्रति प्रहरीले समेत निगरानी बढाउँदै लगएको जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाइ छ।

217 पटक हेरिएकाे
Top