आगलागीबाट २९ लाखको क्षति, टिफरको ठक्करले बालकको मृत्यु

E Naya Khabar Reporter २०७५ वैशाख २७ गते बिहीवार | Big News, र्इखबर, समाचार

 

 गाईघाट 

उदयपुरको रौतामाई गाउँपालिका २ भुट्टारमा बुधबार बेलुका २ घरमा आगलागी हुँदा २९ लाखको क्षति भएको छ । स्थानीय रामकुमार मगरको घरमा रहेको पेल्ट्रिसेटको लाईनबाट करेन्ट सर्ट हुँदा घर, धनमाल, नगदसहित क्षेति भएको हो ।  आगलागीबाट रामकुमारको दुई तले घरसहित १५ लाख र बलबहादुर मगरको दुई तले घर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा गरी १४ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।  आगो स्थानीयबासी, अस्थायी प्रहरी पोष्ट भुट्टारको प्रहर टोलीले राती ११ बजे नियन्त्रणमा लिएको वडाध्यक्ष खविन्द्र रास्कोटीले जानकारी दिए । आगलागीबाट धनसम्पती गुमाएका मगर परिवारलाई गाउँपालिका र रेडक्रसबाट राहत वितरण गर्ने तयारी भएको रास्कोटीले बताए  उदयपुरको रौतामाई गाउँपालिका ५ कालिमाटीमा बिहीबार दिउँसो टिफरको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्ग अन्र्तगतको गाईघाट–दिक्तेल सडकखण्डको कालिमाटीमा ना.३.ख.८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ बर्षीय छोरा निगम राईको ज्यान गएको हो ।  श्री कालिका माध्यमिक बिद्यालय कालिमाटीमा कक्षा ४ मा अध्ययनरत बालक टिफिनको समयमा खेल्नेक्रममा टिफरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरस्थित सुनकोसीबाट डाडाँगाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कस्ट्रक्सनको टिफरले ठक्कर दिएको वडाध्यक्ष पाण्डव राईले जानकारी दिए ।  रोकिराखेको टिफरको पछाडी भागमा खेल्दै गरेका राईलाई चालकले विना संकेत गाडी पछाडी सारेपछि बालकलाई किचेको वडाध्यक्ष राईले बताए । बिद्यालय समय १० देखि ४ बजे भित्रै घटना भएकाले घटनाको छानविन गरिने राईले बताए । राईले टिफरसँगै बिद्यालयको लापरवाहीले पनि घटना घटेको संकेत गरे ।  उनले भने, ‘यो समय बिद्यार्थी शिक्षकको जिम्वेवारी भित्र रहन्छ, तर कसरी वाहिर निस्किए, त्यसको जवाफदेहि को हो, प्रअ बिद्यालयमा छैनन् भन्ने सुनेको छु, त्यसैले छानविन गर्छु ।’ उनको टाउकोमा चोट लागेको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से ल्याउने तयारी भईरहेको छ ।

141 पटक हेरिएकाे
Top