चुरे दोहन दिनप्रतिदिन बढ्दै, सम्बन्धित निकाय मौन

E Naya Khabar Reporter २०७५ वैशाख २७ गते बिहीवार | Big News, मुख्य समाचार

 

उदयपुर, बैशाख २७

उदयपुरको भित्री मधेसमा पर्ने चुरे जंगलका नदीनालाहरु दोहन हुने क्रम रोकिएको छैन । सम्बधित सरोकारवाला मौन हुँदा विकास निमार्ण लगायतका कार्यमा नदी जन्य ढुंगा, गिटी, बालुवाको दोहन हुन नरोकिएको हो । भित्री मधेसमा पर्ने चुरे वन क्षेत्रका ठुला नदी अन्र्तगत तावा, बरुवा  र त्रियुगा नदीबाट उत्खन्न भइरहेको छ । ‘यही बरुवा खोलाबाट ढुंगा, गिटी, बालुवा टिपरहरूले दैनिक ३० वटा भन्दाबढी टिपरले बोक्छन, स्थानीय रमा काप्mलेले भनिन, ‘कानुनी प्रक्रिया पु¥याएर लगेका छौ भन्छन, हामीलाई थाहानै हुँदैन, खोलाको वहाव बदलेको छ, अनुगमन गर्न कोही आएका छैनन ।’ जिल्ला सम्नवय समिति उदयपुरले चालु आर्थिक वर्ष जिल्लामा ठेक्का लगाएको छ । समन्वय समितिका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाँइले वाताबरणीय प्रभाव मुल्यँकन(आईइर्ई) गरेर ठेक्का लगाएको बताए । ‘ठेक्का स्थानीय तहले लगाउनु पर्ने थियो,’ हुमेगाईले भने, ‘चालु आर्थिक वर्षमा हामीले लगाएकाले अनुगमन हामीलेनै गर्नु पर्ने थियो, तर, जनशक्ति अभवा भएकाले प्रभावकारी अनुगमन भएको छैन ।’ उत्खनन् स्थलमा चार किल्ला खुलाई ढुंगा, गिटी र बालुवा निकाल्ने होर्डिङबोर्ड समेत राख्नुपर्ने सम्झौतामा हुन्छ । ठेक्काको सम्झौता अनुसार चुरे क्षेत्रमा कुनै पनि काम नभएको स्थानीय विकास अधिकारी हुमेगाईको भनाइ छ । ठेकेदारहरुले चरम लापरवाहीपूर्ण रुपले उत्खनन् गरिरहेका छन । जथाभावी रुपमा नदी उत्खन्न गर्दा नदी किनारका वस्ति समेत जोखिममा परेको स्थानीयको भनाइ छ । वैकल्पिक लोकमार्ग निर्माण सामग्री तयार गर्नको लागि बरुवा, त्रियुगा र तावा खोला किनारमा जेडआईइसी लामा एण्ड शर्मा जे.भि. कम्पनीले दैनिक एक्साभेटर प्रयोग गरिरहेको छ । उक्त कम्पनीले राष्ट्रिय गौरबको आयोजनाको नाममा उदयपुरको चुरे नदी किनारमा दोहन गर्दा पनि प्रभावकारी अनुगमन हुन नसकेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘उदयपुरको चुरे क्षेत्रमा यस लोकमार्गमा पर्दछ,’ उनले भने, ‘यता कटारी क्षेत्रमा पर्ने तावा खोलामा हामीले मापदण्डभन्दा बढी उत्खन्न नर्गनु भन्दा जिल्ला समन्वय समितिबाट ठेक्का लिएका हौ भन्छ, जिल्ला समन्वय समितिले अनुगमन गर्दैन ।’ उदयपुरको बेलका, चौदण्डी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रको भुभागमा निर्माण भइरहेको वैकल्पिक लोकमार्ग सुनसरीको चतरादेखि हेटौडा जोड्ने सडक हो । सोही सडकको ठेक्का बेलका नगरपालिकको बसाहादेखि सिन्धुलीको भिमानसम्म जेडआईइसी लामा एण्ड शर्मा जे.भिले ठेक्का लिएर काम गरिरहेको छ । लोकमार्गको नाममा जेडआईइसी लामा एण्ड शर्मा जे.भिका प्रतिनिधिहरुले जिल्ला बाहिर समेत निकासी गर्ने गरेको रहस्य खुलेको थियो । समन्वय समितिले ठेक्का लगाउँदा सो ठाउँबाट ११ हजार घनमिटर गिटी, बालुवा निकासीको स्विकृति दिदाँ विहान ६ः३० देखि वेलुका ६ः३० वजेसम्म उत्खन्न गर्न र लोड अनलोड गर्न स्विकृत दिएको समन्वय समितिका प्रमुख खड्बहादुर परियारले बताए । ‘अनुगमन हामीलेनै गरेका छौ,’ उनले भने, ‘गुनासो आएको ठाँउमा हामी त्यहाँको स्थाानीय तहका प्रमुख तथा प्रतिनिधि लिएर पुगेका छौ, तर प्रभावकारी हुन सकेको छैन, सम्झौताको शर्त अनुसरा काम नर्गेलाई कारवाही गछौ ।’ प्रारम्भिक वातावरणीय परिक्षणले वस्ति, नदी छेउमा बनेको पुल सडकको संचरचनाबाट पाँच सय मिटर टाढा र आधा मिटर गहिराई भन्दा बढि उत्खनन् नगर्न भनेपनि कुनै सम्झौताको पालनमा भएको छैन । ठेकेदार कम्पनीका उदयपुर प्रतिनिधि सिताराम दाहालले उत्खनन्मा लापरवाही भएको खण्डमा सच्याईने बताए । केही दिन अघि मात्र जेडआईइसी लामा एण्ड शर्मा जे.भि. ठेक्केदार कम्पनीले आफ्नै निर्माण सामाग्री प्रशोधन प्लाण्ट अर्थात क्रसर उद्योगबाट सिरहा सप्तरी तर्फ बिक्रीको लागि लैजादै गरेको ११ वटा टिफर जलजले प्रहरी चौकीले पक्राउ गरेको थियो । पक्राउ परेका टिफरहरु दुई हजार जरिवाना लिएर छाडिएको थियो । स्थानीय तहका केही जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको मिलेमत्तोमा जेडआईइसी लामा एण्ड शर्मा जेभि कम्पनीले जिल्ला बाहिर निकासी गर्ने गरेको स्थानीयको आरोप छ । ‘नदी जन्यु गिट्टी, बालुवा तस्कारी हुने गरेको छ,’ गाईघाट स्थानयि खड्ग राउतले भने, ‘न नगरपालिका बोल्छ, न जिल्ला समन्वय समिति न प्रहरीले पक्राउ गर्छ ।  उत्खन्नका कारण नदीले वाहाव समेत चेन्ज गर्दा भोलिका दिनमा आउने बाढी जोखिम बढेको स्थानीयको भनाई छ ।

35 पटक हेरिएकाे
Top