अदालतको सम्मान नै गणतन्त्रको मर्म

E Naya Khabar Reporter २०७५ वैशाख २६ गते बुधवार | Big News, मुख्य समाचार, र्इखबर

 

गाईघाट
अदालतको सम्मान नै लोकतन्त्र र गणतन्त्रको मर्म भएको एक कार्यक्रममा सहभागिहरुले बताएकाछन् । ६६ औँ कानुन दिवसको अवसरमा जिल्ला अदालतले आयोजना गरेको वदँलिदो समयमा न्याय सम्पादन बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले पछिल्लो समयमा अदालतमाथि भईरहेका राजनीतिक हस्तक्षेप, विभिन्न आरोपप्रत्यारोपले न्याय क्षेत्र विवादित बन्दै गएको भन्दै उनीहरुले न्याय क्षेत्र विवादितमा ल्याउँदा समाज अन्धकार बन्ने बताए ।
राजनीतिक हस्तक्षेपले न्यायलयको स्वच्छतामाथि प्रश्नचिन्ह उठाएको भन्दै लोकतन्त्र र गणतन्त्रको मर्मलाई संकटमा पार्न नदिन आग्रह गरे । कार्यक्रममा जिल्ला न्यायाधिश तेजन्द्रप्रसाद शर्मा सापकोटाले वदँलिदो समयमा न्यायापालिकालाई प्रभावकारी न्याय सम्पादन गर्न चुनौतीपूर्ण रहेकोभन्दै न्यायापालिकालाई सहकार्यताको खाँचो रहेको औल्याए ।
उनले न्यायलयले सहि न्याय सम्पादन गर्न नसक्ने हो भने विद्रोह हुने सम्भावना रहेकाले त्यसबाट जोगाई राख्न पनि अदालतलाई स्वतन्त्रत्रा राख्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले कानुनको उदेश्य समाज परिवर्तन भएकाले जनताले विश्वासगर्ने मयार्दित कानुनी शासन अहिलेको आबश्यकता रहेको बताए ।
अपराध मुक्त समाज नहुने भन्दै प्रजिअ कार्कीले अपराध न्युनिकरण सबैको दायित्व भएको औल्याए । सहभागिहरुले विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकतामा जोड दिए । उनीहरुले विधिको शासन लागु भए मात्र जनताका आधुरभुत आबश्यकता पुरा हुने र सुखी नेपालीको परिकल्पना गर्न सकिने भएकाले न्यायिक शासन र कानुनी सर्वोच्चता कायम राख्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला न्यायाधिश सापकोटाले अदालतका कामकारवाही र सूचनालाई व्यवस्थित गर्न सोही अवसरमा उदयपुर अदालत नामको फेसवुक आईडी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला वन अधिकृत बिष्णुप्रसाद भण्डारी, त्रियुगा नगरपालिकामा मेयर वलदेव चौधरी, जिल्ला न्यायाधिवक्त हरि पोखरेल, नेपाल वार एशोसियनका अध्यक्ष शिवकुमार कार्की, वरिष्ठ अधिवक्ताद्धय मोहनबहादुर कार्की र सुकराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, मानव अधिकार सञ्जालका संयोजक भरत खड्का र अधिवक्ता बिना पाण्डेले आआफ्नो धाराणा राखेका थिए ।

 

67 पटक हेरिएकाे
Top