आफ्नै अगाडि ३०० जनाको मृत्युदण्ड देखेकी मिशेल

E Naya Khabar Reporter २०७५ वैशाख २५ गते मंगलवार | Big News, अन्तराष्ट्रिय, समाचार

 

बिबिसी बैशाख २५

अमेरिकाका अन्य राज्यको तुलनामा टेक्ससमा धेरै मानिसहरूलाई मृत्युदण्डको सयाज दिएको छ। उनीहरूमध्ये सयौँ मृतककी एक्ली प्रमाण हुन् कर्मचारी मिशेल लायन्स।  उनका आँखाकै अगाडि कैयौँ मानिसहरूलाई फाँसीको सजाय दिइयो। र उनीमाथि यसको गहिरो असर पर्‍यो। उनले १२ वर्षसम्म मृत्युको सिलसिला देखिन्।  पहिला उनले यी सबै घटनालाई पत्रकारले गर्ने रिपोर्टिङका तरिकाबाट देखिन्, पछि उनी टेक्ससको आपराधिक न्याय विभागकी प्रवक्ता बनिन्।  त्यसपछि मृत्युदण्ड दिएको हेर्ने उनको जागिर बन्यो। सन् २००० देखि २०१२ का बीचमा मिशेलले करिब ३०० मानिसहरू मारिँदै गरेको र हिंस्रक जिन्दगीहरू चिर निद्रामा निदाउँदै गरेको देखिन्।  २२ वर्षको उमेरमा देखिन् पहिलो फाँसी कसैलाई फाँसीमा चढ्उँदै गरेको पहिलोपटक तब देखिन् जब उनी २२ वर्षकी थिइन्। पहिलोपटक उनले जुवियर क्रुजलाई मर्दै गरेको देखेपछि अखबारमा लेखिन्, ‘मलाई यसले केही अफ्ठ्यारो पारेन। के म उदास हुनुपर्थ्यो?’ उनी साच्थिन्, ’आफ्नो सहानुभूति ती मानिसका साथमा छ जोसँग अपराधीहरूले कुनै न कुनै प्रकारको अपराध गरेका थिए,’ उनी भन्छिन्, ‘फाँसीको सजाय हेर्ने नै मेरो ‘ड्युटी’  थियो।’ यिनै स्मरणहरूमाथि लेखिएको उनको किताब ‘डेथ रोस् द फाइनल मिनट्स’ भर्खरै प्रकाशित भएको छ। ‘म मृत्युदण्डको पक्षमा थिएँ। म सोच्थेँ यस्ता प्रकारका केही अपराधीहरूका लागि यो सही हो। किनकि त्यतिबेला म जवान थिएँ र कसैसँग डराउँदिनथेँ। मैले हर पक्षलाई ‘ब्ल्याक एण्ड ह्वाइट’ तरिकाले हेर्थेँ’, उनले आफ्नो किताबमा उल्लेख गरेकी छिन्। सन् १९२४ देखि टेक्सस प्रान्तमा मृत्युदण्डका प्रत्येक सजाय एउटा सानो सहर हन्‍ट्सविलमा दिइँदै आइएको छ। यहाँ सातवटा जेल छन्, तीमध्ये एउटा वाल्स युनिट, एउटा विशाल भिक्टोरियन भवन, जहाँ मृत्यु दण्डको सजाय दिइन्छ।  सन् १९७२ मा ‘सुप्रिम कोट’ले मृत्युदण्डको सजाय ‘क्रूर’ तरिका भन्दै रोक लगाएको थियो। तर, केही महिनाभित्रै धेरै राज्यहरूले मृत्युदण्डको सजायललाई पुनर्बहाली गर्न माग गरे।  टेक्ससले करिब दुई वर्षपछि मृत्युदण्डको सजायलाई बहाली गर्‍यो, तर फाँसी दिने तरिकामा परिवर्तन गरेर। टेक्ससमा फाँसीको बदला विषयुक्त ‘इन्जेक्सन’ दिन थालियो। सन् १९८२ मा चार्ली ब्रुक्सलाई विषयुक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइयो। ब्रुक्स नै इन्जेक्सनबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्।  मृत्युको सजाय दिने कोठा तस्बिरस् बिबिसी मृत्यु दिने कोठामा के(के हुन्छ ? रिपोर्टर हुँदा मिशेलले ३८ जनाको फाँसी देखिन्।  उनी भन्छिन्, ‘अहिले जब म आफ्ना लेखहरू हेर्छु यसले मलाई दुखी बनाउँछ। मसँग केही गलत सोचहरू थिए। मैले यी सबै कुरालाई एउटा सुट्केसमा बन्द गरेर मनको कुनै कुनामा फ्याँकेकी थिएँ। त्यसैले मैले यो सबै हेर्दै गएँ।’  मिशेल अगाडि थप्छिन्, ‘कसैको जिन्दगीको अन्तिम अवस्था देख्नु र कसैको आत्मा उसको शरीरलाई छोडेर जाँदै गरेको देख्नु कुनै हालतमा सामान्य कुरा हुन सक्दैन। तर, टेक्ससमा जति तीव्र गतिमा मृत्युदण्डको सजाय दिइन्थ्यो, जसले यो सामान्यजस्तै लाग्दै थियो।’ यसको मतलव  यो पनि होइन कि मिशेलले आफ्नो कामलाई एकदमै सामान्य रूपमा लिएन भन्ने। जब उनी सन् २००१ मा टेक्ससको आपराधिक न्याय विभागसँग जोडिइन्, उनको काम अझै कष्टकर बन्यो। त्यसपछि उनले केवल ‘हन्‍ट्सविल’का मानिसलाई मात्रै नभई पूरै अमेरिका र विश्वलाई फाँसी दिने कोठामा के(के हुन्छ भन्ने विषयमा बताउन थालिन्। विगतका पलहरूलाई स्मरण गर्दै उनी भन्छिन्, ‘दोषी चिर निद्रामा निदाउँदै गर्दा उनका परिवारका लागि सबैभन्दा ठूलो दुखद कुरा हुन्थ्यो।’  दोषीलाई एउटा इलेक्ट्रिकल कुर्चीमा सुताएर विषयुक्त इन्जेक्सन दिएर चिर निद्रामा पुर्‍याइन्थ्यो।  कस्ता(कस्ता माफीनामा आफूलाई निर्दोष बताउने व्यक्तिले पठाएका माफीनामा, क्षमापत्र र देश छोडेर जाने अपिल उनीसमक्ष पुग्थे। माफीनामामा बाइबलका हरफ, रक गीतका लाइन पनि लेखेर पठाउने उनी बताउँछिन्। जब दोषीलाई इन्जेक्सन दिइन्थ्यो तब उसका मृगौला काम गर्न छोड्थे र कैदी मर्दै गर्दा अन्तिम सास, खोकी वा मन्द आवाज सुनिन्थो। मिशेललाई संसारभरिबाट पत्र र इमेल प्राप्त हुन्थ्यो, जसमा सजायलाई राज्य सरकारको प्रायोजित हत्या बताइन्थ्यो र उनलाई पनि त्यसको हिस्सेदार मानिन्थ्यो। टेक्ससको मामिलामा आफ्नो नाक नघुसाउनु भन्दै कहिलेकाहीँ उनी ती पत्रका जवाफ पर्काउँथिन्। भावना बदिलिए सन् २००४ मा मिशेल गर्भवती भइन्। त्यसपछि उनका सोच बदलिन थाले र भित्र भावना जाग्न थाले। फाँसीको सजाय एउटा भावनात्मक घटना बन्न थाल्यो र यसले उनलाई भित्रैबाट दुखी बनाउन थाल्यो।  ‘क्षमायाचना, म निर्दोष छु भन्दै गरेको रुवाबासी, रोदन र शुभकामना लगायतका कैदीहरूका अन्तिम शब्द मेरो बच्चाले सुन्दै छ कि भन्ने‍मा म चिन्तित हुन थालेँ।’ उनले भनिन्, ‘जब मेरी एक छोरी भइन् त्यसपछि मलाई यी घटना अत्यन्तै डर लाग्दा लाग्न थाले।’  ‘मेरो एउटा बच्चा थियो र उसका लागि मैले जे पनि गर्न सक्थेँ, तर कैदीकी आमाले आफ्नैसामु आफ्नो बच्चा मर्दै गरेको देख्थिन्।’ उनी अगाडि थप्छिन्, ‘मैले दोषीका आमाहरू रुँदै गरेको सुन्थेँ, सिसाका पर्खालमा टाँसिएको देख्थेँ र पर्खालमा आफ्ना हातहरू बजार्दै गरेको देख्थेँ।’ मिशेलले अघिल्ला सात वर्षसम्म त्यहाँ काम गरिन्, त्यसपछि उनले राजीनामा दिइन्। राजीनामा दिएको दिन उनलाई लामो समयसम्म सजाय काटेर जेल मुक्त भएजस्तै लाग्यो। उनले भनिन्, ‘म चाहन्थेँ, त्यहाँबाट निस्किएर ती सबै चिजहरूबारे सोच्न सकुँ जसका बारेमा कम बाँचेँ, तर परिस्थिति ठीक उल्टो भयो। म हर समय तिनै मृत्युका घटनाबारे मात्रै सोच्न थालेँ।’

156 पटक हेरिएकाे
Top