सांसदको पेट्रोलपम्प सिलबन्दी

E Naya Khabar Reporter २०७५ वैशाख २३ गते आइतवार | Big News, मुख्य समाचार

 

 

उदयपुर बैशाख २३ ।
नेपाली काग्रेसका सांसदद्धारा संचालित पेट्रोल पम्प अनुगमन टोलीले सिलबन्दी गरेको छ । काग्रेस सांसद प्रमिला राईको उदयपुरको त्रियुगा नगरपालिका ५ मा संचालित सगरमाथा आयल स्टोर्स सिलबन्दी गरिएको हो । केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका टोलीले पेट्रोलको परिणाममा ठगी गरेको फेला पारेपछि सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताए ।

प्रशासकीय अधिकृत थापाका अनुसार पम्पबाट विक्री गरिएको पेट्रोलको परिणाममा कमी भेटिएको जानकारी दिए । अनुगमन टोलीले शुक्रबार र शनिवार गरेको बजार अनुगमनमा बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ ।

गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर हो । गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले तराजु काँटा जफत गरिएको छ ।

82 पटक हेरिएकाे
Top