सेनामा धेरै खर्च गर्ने विश्वका १० मुलुक

E Naya Khabar Reporter २०७५ वैशाख २२ गते शनिवार | Big News, अन्तराष्ट्रिय

 

सन् २०१७ मा संसारभरि सैन्य खर्च १,७०० अर्ब डलर पुग्यो। जसमध्ये अमेरिकाले मात्रै ६१० अर्ब डलर खर्च गरेको छ। अर्का दुई ठूला देश चीनले १२ अर्ब र रुसले १३.९ अर्ब डलर सेनामा खर्च गरेका छन् ।

विश्वका ठूला आर्थिक शक्तिहरूले आफ्ना सेना र रक्षा मामिलामा सबैभन्दा बढी खर्च गर्ने गरेको बताइन्छ ।

तर जानकारहरूका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा यी तीवनटा मुलुक सेनामा धेरै खर्च गर्ने त्यस्ता देशको सूचीमा अग्रस्थानमा छैनन्, जसले आफ्नो आयको धेरै रकम सुरक्षा बजेटमा खर्चेका छन् ।

सुरक्षा खर्चसम्बन्धी विषय हेर्दै आएको स्टकहोम इन्टरन्याशनल पीस रिसर्च इन्स्टिट्युट (एसआइपीआरआइ) को अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अमेरिकाले जीडीपीको ३.१ प्रतिशत सेनामा खर्च गरेको छ ।

यसैगरी चीनले १.९ प्रतिशत र रुसले ४.१ प्रतिशत रकम सेनामा खर्च गरेका छन् ।

यी हुन् सेनामा धेरै खर्च गर्ने १० मुलुकः
१०. बहराइन
बहराइन एउटा राजतन्त्रात्मक मुलुक हो जहाँ सुन्नी मुस्लिमको शासन छ र त्यहाँ सेनाको उच्चपदमा शाही परिवारका सदस्य छन् ।

१४ लाख शिया मुस्लिमहरू पनि रहेको बहराइनमा अहिले तनाव जारी छ ।
सन् २०११ मा भएको अरब आन्दोलनका क्रममा त्यहाँ प्रदर्शनकारीहरूले राज्य संयन्त्रमा नागरिकको प्रतिनिधित्व बढाइनुपर्ने माग गरेका थिए ।

 

सरकारी आग्रहमा प्रदर्शनकारीमाथि नियन्त्रण कायम गर्न गल्फ कर्पोरेशन काउन्सिलको फौज परिचालन गरिएको थियो ।

सन् २०१७ मा बहराइनमा सेनामा १.३९६ अर्ब डलर खर्च गरिएको छ, जुन कुल जीडीपीको ४.१ प्रतिशत हुन आउँछ ।

९. रुस
सन् १९९७ मा रुसले आफ्नो जीडीपीको ४.३ प्रतिशत सेनामा खर्च गरेको थियो। तर सन् १९९८ मा उसले घटाएर ३ प्रतिशतमा र्झायो ।

त्यसपछि सेनामा गरिने खर्च बढ्दै सन् २०१६ आउँदा ५.५ प्रतिशत पुग्या ।

तर फेरि घटेर सन् २०१७ मा ४.३ प्रतिशत भयो ।

एसआइपीआरआइका प्रमुख अनुसन्धानकर्ता सीमोन वेगम्यानका अनुसार सन् २०१४ यता रुस आर्थिक समस्याबाट जुझिरहेको छ, जसका कारण उसले सैन्य खर्चमा कटौती गरेको हुन सक्छ ।

सेनाको आधुनिकीकरण अहिले उसको प्राथमिकतामा छ ।

८. लेबनन
मध्यपूर्वमा बढी सैन्य सामग्री भएका ६ वटा देशको सूचीमा लेबनन पनि पर्छ ।

सन् १९७५ देखि ९० को बीचमा यो देश लामो गृहयुद्धबाट गुज्रियो र त्यसयता त्यहाँ गहिरो मतभेद रहिआएको छ ।

सन् २०१७ मा लेबननले २.४११ अर्ब डलर सेनामा खर्च गरेको छ, जुन उसको कुल जीडीपीको साढे ४ प्रतिशत हुन आउँछ ।

७. इजरेल
सन् १९४८ यता इजरेलको सम्बन्ध उसका छिमेकी मुलुकहरूसँग तनावपूर्ण रहिआएको छ ।

उसको एकातर्फ सिरिया छ भने अर्कोतर्फ लेबननको हिज्बुल्लाह लडाकु समूह छ जसलाई सिरियाको समर्थन प्राप्त छ ।

इजरेल सिरियामाथि अमेरिकी हमलाको समर्थन गर्दछ तर बशर अल(असदको सरकारलाई समर्थन गर्दैन ।

६. जोर्डन
सन् १९४६ मा जोर्डन स्वतन्त्र भएपछि हालसम्म संघर्षपूर्ण अवस्थाबाट गुज्रिँदै आएको छ ।

सन् १९६७ मा इजरेलसँग ६ पटक लडाइँ गरेको जोर्डनले वेस्ट ब्याङ्क र पूर्वी जेरूसलेममाथिको नियन्त्रण गुमायो ।

सन् १९४८ मा भएको अरब(इजरेल युद्धपछि ती क्षेत्रमा जोर्डनको नियन्त्रण थियो ।

सन् १९८४ मा जोर्डनले इजरेलसँग शान्ति सम्झौता र्गयो। तर तथाकथित इस्लामिक स्टेटका कारण अहिले त्यहाँ तनाव छ ।

सन् २०१७ मा जोर्डनले आफ्नो जीडीपीको ४.८ प्रतिशत अर्थात् १.९३९ अर्ब डलर खर्च गरेको छ ।

५. अल्जेरिया
अल्जेरियामा फ्रान्सको उपनिवेश थियो। स्वतन्त्रताको लामो लडाइँपछि सन् १९६२ मा स्वतन्त्र भए पनि देशभित्रको हिंसा अझै चलिरहेको छ ।

हिंसाका एउटा प्रमुख कारण धर्म र समाजभित्रको मतभेद रहेको बताइन्छ।

एसआइपीआरआइका अनुसार सन् २०१७ मा अल्जेरियाले सेनामा कुल जीडीपीको ५.७ प्रतिशत अर्थात् १०.०७३ अर्ब डलर खर्च गरेको छ ।

४. कुवेत
साउदी अरब, इरान र इराकसँग सीमा जोडिएको कुवेतमा संवैधानिक राजतन्त्र छ ।

३० लाख जनसंख्या भएको यो मुलुकमा अमेरिकी सेनाको कैयौँ अखडा छन् ।

सन् २०१७ मा कुवेतले ६.८३१ सेनामा अर्ब डलर खर्च गरेको छ जुन कुल जीडीपीको ५.८ प्रतिशत हो ।

३. प्रजातान्त्रिक गणतन्त्र कंगो
अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगो आन्तरिक संघर्षबाट गुज्रिरहेको छ ।
उसले सन् २०१७ मा कुल जीडीपीको ६.२ प्रतिशत अर्थात् ०.४८४ अर्ब डलर सेनामा खर्च गरेको छ ।

२. साउदी अरेबिया
साउदी अरेबियाले सन् २०१५ देखि यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीको नेतृत्व गर्दै आएको छ ।

सिरियाबाट तथाकथित इस्लामिक स्टेट समूहलाई धपाउने अन्तर्रा्ष्ट्रिय कारबाहीमा पनि साउदी अरेबिया संलग्न रहिआएको छ ।

एसआइपीआरआइका अनुसार सन् २०१७ मा उसले ६९.४१३ अर्ब डलर अर्थात् जीडीपीको १० प्रतिशत खर्च गरेको तथ्याङ्क छ ।

१. ओमान
इरान, साउदी अरेबिया र यमनको छिमेकी देश ओमानले एक दशकयता आफ्नो सैन्य खर्च बढाउँदै लगेको छ ।

आफ्नो आयको सबैभन्दा बढी रकम खर्च गर्ने देशको सूचीमा ओमान शीर्ष स्थानमा छ ।

सन् २०१७ मा उसले आफ्नो जीडीपीको १२ प्रतिशत अर्थात् ८.६८६ अर्ब डलर खर्च गरेको छ ।
बिबिसि अनलाइनबाट साभार

424 पटक हेरिएकाे
Top