उदयपुरमा क्यानसरको औषधी हुने लोठ सल्ला लोप हुँदै

E Naya Khabar Reporter २०७५ वैशाख १३ गते बिहीवार | Big News, जीवनशैली

 

बैशाख १२ उदयपुरः

संरक्षणको अभावमा उदयपुरमा पाइने लोठ सल्ला लोप हुँदै गएको छ। उदयपुरको रौतामाई गाँउपालिका नामेटार र भुटारको वन क्षेत्रमा पाइने औषधीको गुण भएको मूल्यवान् लोठ सल्ला संरक्षणको अभवामा लोप हुँदै गएको हो। भुट्टार नामेटार उच्च पहाडी क्षेत्रमा पर्ने चित्रेथाम जंगलमा लोठसल्ला पाइन्थ्यो। स्थानीयले काठ दाउरामा प्रयोग गरेकै कारण लोप हुँदै गएको हो। ‘सर्वसाधारणले लोठ सल्लाको महत्त्व बुझाउन कुनै पनि सरकारी निकायले ध्यान दिएनन,’ स्थानीय टिकाराम शेर्पाले भने, ‘संरक्षणमा कुनै प्रयास नहुँदा लोठसल्ला संकटमा पर्दै गएको छ।’ लोठसल्लाका बारेमा स्थानीय स्तरमा बुझाउन नसकिदा रौतामाई गापा २ का वडाअध्यक्ष खगेन्द्र रास्कोटीले बताए। ‘अन्य जातको सल्लोजस्तै मानेर स्थानीयले लोठसल्लाको रूखै काटेर दाउरा बल्छन,’ अध्यक्ष रासकोटीले भने, ‘यो क्षेत्रमा अन्य रूखबिरुवा कम भएकाले पनि लोठसल्लामा सर्वसाधारणले लोठ सल्ला पनि उपभोग गर्न बाध्य भएका छन।’ अयुर्वेदिक औषाधालय खोलेर बिरामीको उपचार गर्दै आइरहेका स्थानीय बैद्ये छेटु शेर्पाले लोठसल्लको पात नै मूल्यवान् मानिने बताए। ‘क्यान्सरजस्तो प्रणघातक रोगको औषधि निर्माणका लागि सल्लाको पातबाट उत्पादन गरिएको टाक्सोल (तेल) को प्रयोग गरिन्छ’, शेर्पाले भने, ‘चित्रेथाम लगायतका जंगलमा पाइने भएपनि पछिल्लो समय लोप हुँदै गएको छ।’ लोठ सल्लाको महत्व स्थनीय सर्वसाधरणले नबुभ्mदा संरक्षणमा समस्या भएको शेर्पाको गुनासो छ। समुद्र सतहदेखि १८ सयदेखि तीन हजार मिटरको उच्च पहाडी क्षेत्रमा पाइने लोठसल्ला उदयपुरमा चित्रेथाम वनमा मात्र पाइने गरेको जिल्ला वन कार्यालयका उदयपुरका सुचना अधिकारी लालबालुव यादवले बताए। ‘उदयपुरको चित्रेथाम लगायतका वनमा मात्र लोठ सल्ला पाइन्छ,’ उनले भने, ‘लोठसल्लाको रूख काटेर सर्वसाधरणलाई प्रयोग गर्न अहिले प्रतिवन्ध लगाइएको छ।’ पात टिप्न पाइए पनि हाँगा काट्नस समेत प्रतिबन्ध लगाइएको यादवको भनाइ छ।कस्तो हुन्छ लोठ सल्ला ? लोठ सल्ला पूर्व देखि पश्चिम सम्म १८००–३००० मीटर उचाई सम्मका जंगलहरूमा फैलिएको पाइन्छ। खासगरि गोब्रे सल्लो सँग मिसिएर हुर्केको भेटिन्छ। लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने, फैलिएको हाँगा विँगा भएको सदावहार कोणधारी वनस्पति हो। यसको पात मसिनो, लाम्चो,चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी . मी चौडा भएका हुन्छ। यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला, साना, डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ। फल काँचोमा हरिया र पाके पछि राता हुन्छ। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउको आधा भन्दा बढी भाग छोपेको हुन्छ। यो काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ र नेपालका विभिन्न पहाडी वन क्षेत्रमा पाइने गरेको छ। विगत दुई दशक देखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ। खासगरि छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तिव्र गतिमा हुन थालेको छ। जसको फलस्वरूप यसको अत्याधिक संकलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्ध समेत लगाउने अवस्था पुग्यो। हाल यसको संकलन गर्न वातावरणी प्रभाव अध्ययन गरेर मात्र ईजाजत दिने गरिन्छ। संकलन पश्चात् प्रशोधन नगरी विदेश निकासी गर्न समेत प्रतिबन्ध लगाइएको छ। यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (तबहय)ि नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्याउने रासायनिक तत्व हुने गरेको विज्ञहरुको भनाइ छ।

108 पटक हेरिएकाे
Top