धन्यवाद मारुती सिमेन्ट, ‘निशुल्क स्वास्थ्य जाँच गरिदियौ

E Naya Khabar Reporter २०७५ वैशाख ७ गते शुक्रवार | Big News, जीवनशैली

 

’कटारी, बैशाख ७

‘सधैँ हातखुट्टा दुखिरहन थ्यो, सवैले घरमा जति उपचार गर्दा पनि नहुने रहेछ भन्दै गाली गर्दथ्ये,’ कटारी नगरपालिका २ की ८५ वर्षे रत्नमाया पौडेलल भनिन, ‘शिविरमा आएर जाँच गरेको त, नशासम्बन्धी रोग लागेरको रहेछ, त्यो पनि अव पैसा नै नतिरकन उपचार गरिदिने रे ।’ रत्नमायकै शैलीमा ८६ वर्षे बृद्धा बेदप्रसा धमलाले मारुती सिमेन्टलाई धन्यवाद भन्दै भने, ‘घरमा कसैले पनि उपचार गर्न लगेन, चोकमा शिविर आएको छ, भनेर लौरो टेक्दै आएर जाँच गरेको हाडजोर्नी सम्बन्धी रोग लागेको पत्ता लाग्यो ।

‘घरमा उपचार गर्न लैजाउभन्दा पैसा छैन भन्थ्ये,’ उनले भने, ‘अव निशुल्क उपचार समेत हुन्छ रे।’ कटारी नगरपालिका र मारुती सिमेन्ट उद्योगले सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा आएर उपचार सेवा पाएपछि सिमेन्टलाई धन्यवाद दिने बेदपसा्रद मात्र छैनन ।’ कनपा २ पर्ने ददरियाकी ३७ वर्षे रानुमाया माझी पछि छिन। ‘२६ वर्षको हुँदा ५ वटा छोराछोरी जन्मे, तर, तल्लो पेट दुख्न थाल्यो, मैले घरमा कसैलाई भनिन, आज निशुल्क चोकमै उपचार हुने भएपछि आउँदा पाठेघर समबन्धी रोग लागेको थाहा पाए, त्यो पनि अव निशुल्क उपचार हुन्छ भनेका छन ।’ मारुती सिमेन्टका खानी विभाग प्रमुख जर्नादन रेग्मीले एक दिने स्वास्थ्य शिविरमा जम्मा ५ सय २५ जनाले स्वास्थ्य सेवा लिएको बताए।

‘हामीले जटिल समस्या भएका पाठेघर रोगी, हार्डजोर्नी लगायतलाई पनि निशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौ,’ रेग्मीले भने, ‘यहाँ पनि हामीले निशुल्क औषधी उपचार दिएका छौ।’ विराट मेडिलकल कलेज एण्ड टिचिङ हस्पिटलका विभिन्न विशेषज्ञ सहितको टोलीले दिएको उपचार सेवामा भिडियो एक्सरे एकसय १५ जनाले लिएका छन। यसैगरी बालरोग सम्बन्धी एकसय ३६, पाठेघरसम्बन्धी एकसय ५०, नशासमन्बधी ५०, बृद्धा बृद्धले विभिन्न स्वास्थ्य समस्या सम्बन्धी फिजिसियन सेवा एकसय एक जनाले लिएको मारुती सिमेन्टै सहायक खानी विभाग प्रमुख दिपक कार्कीले बताए। ‘महिला, हाडजोर्नी र बालरोगका जटिल रोगीलाई निशुल्क विशेष उपचार गर्ने व्यवस्था समेत मिलाएका छौ,’ उनले भने, ‘स्वास्थ्यकर्मीका अनुसार रोगीको पहिचान गरेर उपचार गर्ने छौ।’ एक दिने शिविरमा त्रिवेणी स्र्पोस्ट क्लव कटारी २ गुरासे स्वयम सेवकको सहयोग गरेको थियो ।

  सिरहाको चन्द्रद्वयपुरमा रहेको मारुती सिमेन्ट उद्योग छ। उद्योगले सिन्धुलीको दुधौली नगरपालिका १४ ककुर ठाकुरमा रहेको चुनढुँगा कटारी नगरपालिका पर्ने सिद्धिचरण लोकमार्गबाट ढुवानी गर्दै आएको छ। ककुठारमा पनि एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको उद्योगले यस वर्षको द्रोस्रो स्वास्थ्य शिविर कटारीको गुराँसेमा आयोजना गरेको हो।

298 पटक हेरिएकाे
Top