सप्तकोशी नेपाली पानी जहाजमा सरसरसप्तकोशी नेपाली पानी जहाजमा सरसर 

E Naya Khabar Reporter २०७४ चैत ११ गते आइतवार | Big News, मुख्य समाचार

 

गाईघाट पुर्वको प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्रको दर्शन गर्न जाने भक्तजनले जल यातायातबाट यात्रा गर्न पाउने भएका छन । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बाराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय युवाहरुले सप्तकोशी नदीमा व्यवसायिक जेट वोट सञ्चालन गर्ने भएको हो । स्थानीय आठ जना युवाहरुले वाराहाक्षेत्र यातायात तथा पर्यटन सेवा नामक कम्पनी दर्ता गरेर सप्तकोशी नदिमा जेट बोट संचालनमा ल्याएका छन । जेट वोट भोली सोमवारवाट व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको बेलका नगरपालिकाका मेयर दुर्गा थापा स्वस्तीकले बताए । ‘बाराहा क्षेत्र नगरपालिका र वेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदिमा जलयातायात संचालन गर्न लागिएको छ ।’ मेयर थापाले भने ‘अहिले जेट वोट आई सकेको छ, हिजो मात्र हामीले वाराहाक्षेत्र सम्म यात्रा गर्यौ, सोमबारबाट व्यवसायिक रुपमा जलयातायात सुरु हुन्छ ।’ तिन दिन अघि ल्याइईएको जेटवोट चतराको जगद्गुरु आश्रमको पश्चिम कोशी नदी (ठूलो कोशी) वाट धनकुटाको सिम्ले भन्ने स्थान सम्म परिक्षण गरिएको थियो । परिक्षणमा वाराहाक्षेत्र र वेलका नगरपालिकाका प्रमुख, वडा अध्यक्ष, वोट संचालकहरुले यात्रा गरेका थिए । चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा आउने जाने यात्रु तथा पर्यटक लाई लक्षित गरि जेट बोट सञ्चालन गर्न लागिएको सचालक सन्तोष भण्डारीले बताए । जेट वोट ३ करोडको रुपैंयामा भारतको पुनावाट ल्याईएको जनाईएको छ । जेट बोट सञ्चालन पछि बराहक्षेत्रको धार्मिक पर्यटनमा बृद्धिहुने विश्वास स्थानीयहरुको छ । नेपालमा जल यात्रा गर्ने पहिलो गन्तब्य बनाउन जेटवोटले सहयोग पुग्ने स्थानीय रमण भट्टराईले बताए । ‘जेट उदयपुर, भोजपुर र धनकुटा जिल्लाका विभिन्न घाटहरु मार्फत जलयात्राको सम्भावना लाई बढाउने  छ ।’ भट्राईले भने ‘नियमित संचालन गर्न सके जल यातायातबाट वेलका र वाराहाक्षेत्र नगरपालिकाको पहिचान बन्ने छ ।’ अहिले सञ्चालनमा ल्याइएको जेट वोटमा एकपटकमा ३० जना यात्रुलाई यात्रा गराउने क्षमता रहेको बताइएको छ ।यात्रु र सामान सहित भने ३५ सय किलो लैजान सकिने क्षमता भएकोले हाल लाई २५ जना यात्रु र उनिहरुका सामान्य लगेज मात्र चढाईने कम्पनीले जनाएको छ ।जेट वोट पहाडी भेगमा ओहोर दोहोर गर्ने आम यात्रु तथा पर्यटकहरु लाई सबैभन्दा सजिलो सुगम तथा सस्तो वैकल्पिक जल मार्ग हुने बताउँदै सञ्चालक अमित भगतले बताए । जेट वोटलाई भोजपुर अख्वाटारमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ । धार्मिक पर्यटक वाहेक स्थानीयहरुलाई पनि जेटवोटले सुविधा पुग्ने बताईएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकावाट धनकुटाको सिम्ले सम्म जाने एक मात्र विकल्प पैदल यात्रा रहँदै आएको छ ।पैदल दुरी करिव २० किलोमीटरको टाढा रहेको सिम्ले पुग्नको लागि वराहक्षेत्र मन्दिरवाट ४ देखि ५ घंटा हिंडनु पर्दछ । जलयात्राबाट सिम्ले पुग्न मात्र ९ किलोमीटरमा छोटिने अवस्था छ । उक्त दुरी जलयात्रामा जेट वोटले बढिमा १५ मिनेटमा सिम्ले पु¥याउन सक्ने भगत बताउँछन् ।कप्पनीले व्यवस्थापन लाई पर्यटकिय एवं स्थानिय समुदायका लागि सेवामुखी बनाउने तयारी गरेको छ । करिव ५ वर्ष अगाडि सुम्निमा जल यातायातले नदीमा जेट वोट सञ्चालनमा ल्याएको थियो ।

51 पटक हेरिएकाे
Top