आजबाट चौथो कटारी मेयर गोल्डकप

E Naya Khabar Reporter २०७४ चैत १० गते शनिवार | Big News

 

अभिमन्यु लामीछाने
चैत १० कटारी
आजबाट जिल्लाको ठूलो धनराशी रहेका कटारी मेयर गोल्डकप प्रतियोगिता संचालन हुदैछ । टाईगर खेल मैदान कटारीमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
गोल्डकपमा राष्ट्रिय ए डिभिजनका टिम सहित ८ टिमले सहभागीता जनाउने भएका छन ।
कटारी गोल्डकप मुल आयोजक समितिले घेरा बेरा प्यारफिट निमार्ण पनि गरिसकेको जनाएको छ । चौथो मेयर कटारी गोल्डकप उद्वघाटन गर्न माननीय सांसद सुरेस कुमार राई आउने कटारी चौथो मेयर गोल्डकप कपका आयोजक समितिका अध्यक्ष विनोद कटुवाले जानकारी दिए ।
कटुवालका अनुसार चौथो मेयर गोल्डकपमा प्रथम टिमले नगद ५ लाख सहित शील्ड र प्रमाणपत्र पाउने छन् भने दोसो हुने टिमले नगर २ लाख ५१ हजार सहित शील्ड र प्रमाणपत्र पाउने छन् । साथै म्यान अफ द म्याच प्रत्येक दिन एक जनालाई घोषणा गरी नगद ५ हजार दिईने र उत्कृष्ट खेलाडीहरुलाई विभिन्न ब्राण्डका मोवाईलहरु प्रदान गरिने पनि कटुवालले जानकारी दिएका छन् ।
यसअघि प्रथम कटारी गोल्डकप आयोजना गर्दा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुन टिमलाई ५० हजार पुरस्कार दिईएको थियो । दोस्रो कटारी गोल्डकप भने पुरस्कार राशीमा वृद्धि गरेर प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार प्रदान गरिएको थियो ।
उद्घाटन खेल सहारा क्लब पोखरा र आयोजक कटारी ११ विच प्रतिस्पर्धा हुने छ भने आईतबार हुने दोस्रो खेल गोर्खा रुपन्देही क्लब र वनेपा व्याईज क्लब विच प्रतिस्पर्धा आयोजक समितिका कोषाध्यक्ष रोहित लामाले जानकारी दिए । सोमबारको तेस्रो खेल सरस्वती युथ क्लब र झापा ११ विच र पहिलो चरणको अन्तिम खेल मंगलबार चर्च ब्वाईज यूनाइटेड र संकटा क्लब विच प्रतिस्पर्धा हुने जनाईएको छ । बुधबार र विहिबार विजेता टिम विच सेमिफाईनल खेल हुने हुने छ भने १७ गते शनिवार फाईनल खेल संचालन हुने छ ।
कटारीको खेलकुद मैदानमा हुने गोल्डकपमा १२ सय जना बस्न मिल्नेगरी बाँसका प्याराफिटहरु निमार्ण गरिसकेको र बाहिरी भागमा बस्न मिल्ने गरी व्यवस्था मिलाएको आयोजक समितिका महासचिब राजकुमार थापाले जानकारी दिए ।
दर्शहरुले क्वाटरफाईन सम्मको खेल प्याराफिटमा बसेर हेर्नका लागि एक सय रुपैया कायम गरिएको छ भने साधारण टिकटको पचास रुपैया कायम गरिएको छ । सोमिफाईनलको खेल प्याराफिटमा बसेर हेर्नका लागि १ सय ५० रुपैया र साधारण टिकटको लागि ७५ रुपैया कायम गरिएको छ । अन्तिम फाईनल खेल प्याराफिटमा हेर्नको लागि २ सय रुपैया र साधारण १ सय रुपैया टिकट दर कायम गरिएको मुल आयोजक समितिले जनाएको छ । कटारी नगरपालिका, कसमस सीमेन्ट, टिपर व्यवसायी संघ, उद्योग वाणिज्य संघ, लगायत बिभिन्न संघ संस्था, स्थानीय व्यापारीहरुको सहयोगमा हुन लागेको चौथो कटारी मेयर गोल्डकपमा करिव ३२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

44 पटक हेरिएकाे
Top