चौथो कटारी गोल्डकपको पुरस्कार राशी ५ लाख

E Naya Khabar Reporter २०७४ चैत ५ गते सोमवार | Big News, खेलकुद

 

उदयपुर, चैत्र ६

जिल्लाको कटारी नगरपालिका आगामी चैत्र १० गतेदेखि सुरु हुने चौथो कटारी गोल्डकपमा राष्ट्रिय ए डिभिजन लिगका आठ टिम भिड्द भएका छन। सोमवार कटारी गोल्डकप मुल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी कटारी चौथो मेयर गोल्डकप कपमा प्रतिस्प्रधा गर्ने जानकारी दिएको हो। नक आउटको आधारमा खेलाइने गोल्डकपमा राष्ट्रिय ए डिभिजन लिगका आठ टिमले सहभागीता जनाउने भएका छन। जसमा साहारा क्वल पोखरा, गोरखा ब्वाईज रुपन्देही, वनेपा ब्वाईज क्लव वनेपा, सरस्वती क्लव काठमाण्डौं, झापा ११ झापा, चर्च ब्वाईज क्लव काठमाण्डौं, संकटा क्लव काठमाण्डौं र आयोजक टिम कटारी ११ ले प्रतिस्प्रर्धा गर्ने भएको मुल आयोजक समितिका अध्यक्ष विनोद कटुवाल दिशवले जानकारी दिए। कटुवालका अनुसार चौथो मेयर गोल्डकपमा प्रथम टिमले नगर ५ लाख सहित ट्रफि र प्रमाणपत्र पाउने छन। यसैगरी दोसो हुने टिमले नगर २ लाख ५१ हजार सहित ट्रफि र प्रमाणपत्र हात पार्ने भएका छन। ‘प्रत्येक म्यान अफ फदम्याच एक जनालाई घोषणा गरी नगद ५ हजार दिईनेछ,’ कटुवालले पत्रकार सम्मेलनमा भने, ‘उत्कृष्ट खेलाडीहरुलाई विभिन्न ब्राण्डका मोवाईल । अन्य उपहार प्रदान गरिने छ।’ समितिका अध्यक्ष यस अघि प्रथम कटारी गोल्डकप आयोजना गर्दा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुन टिमलाई ५० हजार पुरस्कार दिदै आएको थियो ।

दोस्रो कटारी गोल्डकप भने पुरस्कार राशीमा वृद्धि गरेर प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार प्रदान गरिएको थियो। कटारीको खेलकुद मैदानमा हुने गोल्डकपमा १२ सय जना बस्न मिल्नेगरी बाँसका प्याराफिटहरु निमार्ण गरिएको छ। बाहिरी भागमा बस्न मिल्ने गरी व्यवस्था मिलाउने आयोजक समितिका कोषध्यक्ष रोहित लामाले बताए। दर्शहरुले क्वाटरफाईन सम्मको खेल प्याराफिटमा बसेर हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ। ‘१००, ७४ र ५० रुपैयाँको टिकट कायम गरिएको छ,’ लामाले भने, ‘अन्तिम फाईनल खेल प्याराफिटमा हेर्नको लागि २ सय र साधारण १ सय टिकट दर कायम गरिएको छ।’ कटारी नगरपालिका र साथीसमूहको संयोजनमा हुने चौथो गोल्डकपमा करिव ३२ लाख खर्च हुने अनुमान गरिएको आयोजकको अनुमान छ। कटारी नगरपालिका र साथी समूहको संयोजनमा ‘स्वास्थ, अनुशासन, राष्ट्रिय एकता र सद्भाव’ भन्ने मुल नाराका प्रतियोगिता सञ्चालन हुने छ।  ०७१ सालबाट सुरु भएको पहिलो कटारी गोल्ड कप बिजेता झापा ११ भएको थियो। ०७२ सालमा भएको दोस्रो कटारी गोल्ड कपमा म्याइभ्याली फुटबल क्लब ईलाम बिजयी भएको थियो। तेस्रो गोल्ड कप २०७३ मा भएको खेलमा बेल्टार क्लबले कब्जा गरेको थियो। उदयपुरमा आयोजना हुने गोल्डकपमध्ये उदयपुर गोल्डकप पहिलो हो। चौदढण्डीगढी नगरपालिकाको बसाहामा आयोजान हुने नारदमुनी गोल्डकप दोस्रो हो भने कटारी नगरपालिकाको कटारी गोल्डकप कान्छो हो। अहिलेसम्मकै सवैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डक भने उदयपुरमा कटारी गोल्डकप हुने भएको छ।

 

102 पटक हेरिएकाे
Top