बेलकामा अफिम खेती नष्ट

E Naya Khabar Reporter २०७४ फागुन १८ गते शुक्रवार | Big News, मुख्य समाचार

 

उदयपुर, फागुन १८
उदयपुरको वेलकामा अफिम खेती नष्ट गरिएको छ । वेलका नगरपालिका २ शन्ति नगर टप्पुमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले स्थानीय परेश मण्डलले आप्mनै नीजि चार कठ्ठा जग्गामा व्यवसायिक रुपमा गरिएको अफिम खेती विहिबार नष्ट गरेको बताए । आगुऔधको रुपमा प्रयोग हुने प्रतिवबन्धित अफिम खेती जोतेर नष्ट गरिएको छ । ‘जग्गा धनि प्रहरी आउने खवरले फरार भए,’ एसपी भट्टले भने, ‘भारतबाट अफिमको विउ ल्याएर वेलकामा पहिलो पटक खेती गरिएको पुष्टि भएको छ ।
उदयपुरमा लागुऔषधको रुपमा प्रयोग हुने गाँजाको खेती नियन्त्रण हुँदै गएपनि नयाँ रुपमा अफिम फेला परेको प्रहरीले भनाइ छ। एसपी भट्टले भने, ‘भारतीय लागुऔषध तस्करी गिरोहले उदयपुरको भुभाग प्रयोग गर्ने गरेको पाइएकाले थप अनुसन्धान भइरहेको छ ।’ उदयपुरमा गाँजा भने वर्षेनी फडानी हुने गरेको छ ।

 

172 पटक हेरिएकाे
Top