भव्य रुपमा दश दिने त्रियुगा महोत्सव सुरु

E Naya Khabar Reporter २०७४ फागुन १६ गते बुधवार | Big News, राजनीति

 

गाईघाट, फागुन १५ 

प्रदेशनं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यव्यस्थता देखाउँदै अन्तिम समयमा अनुपस्थित हुने जनाएपछि उदयपुरमा मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन आयोजक त्रियुगा उद्योग बाणिज्य संघका संस्थापक सदस्य कृष्णकुमा श्रेष्ठ  श्रेष्ठले गरेका छन् ।  सरमुकाम गाईघाटमा सुरु भएको १० दिने प्रदेश स्तरीय पहिलो महोत्सव मुख्यमन्त्रीले उद्घाटन गर्ने गरी सबै तयारी पुरा भएको थियो । दिउँसो २ बजे उद्घाटन गर्ने तयारीकासाथ निकै तामझाम गरिएको महोत्सवमा मुख्यमन्त्री राईले बिहान ९ बजे कार्यव्यस्थताकाकारण देखाउँदै आयोजकलाई उपस्थिति हुन नसक्ने बताएपछि उद्घाटनमा केहि समस्या देखिएको थियो । ‘आऔ जुटौ गर्न भाषा कला  संस्कृतिको उत्थान, बढाउन उद्योग, व्यापार, व्यवसाय  पर्यटन’ भन्ने नाराका साथ फागुन १५ देखि २५ गतेसम्म प्रदेश महोत्सव संचालन हुने छ । उद्घाटन समाहोरमा विशेष अतिथिका रुपमा बोल्दै प्रदेशसभा सदस्य कला घलेले उदयपुरलाई आर्थिक हवको रुपमा विकास गर्ने बताएकी छिन। ‘उदयपुरलाई आर्थिक हवको रुपमा विकास गर्न सकिन्छ,’ घलेले भनिन्, ‘यसको लागि म प्रदेस संसदको बैठकमा प्रस्तापन राख्ने छु।’ मेलाको आकर्षककोरुपमा कृषि पर्दशनी, उद्योग व्यापार, पर्यटन, लघुउद्यम, सूचना प्रविधिको प्रर्दशनी रहेको छ ।  व्यापारिक एकता, सदभाव, स्थानीय व्यापार, उद्योग कलकारखान, कृषि क्षेत्रको उत्पादन  व्यवसायिकतालाई मुख्य लक्ष्य राखि मेलाको आयोजना गरिएको त्रियुगा उद्येग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिए ।  मेला विहान ११ बजे देखि ७ बजेसम्म मात्र महोत्सव संचालन हुने जानकारी आयोजकले दिएको छ । महोत्सवमा अवलोकन गर्न प्रति व्यक्ति पचास  विद्यार्थीहरुको लागि तिस रुपैया शुल्क निर्धारण गरिएको छ । भने असक्त  अपाङ्गलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ ।  महोत्सवको पूर्वसन्ध्यामा यतिबेला गाईघाट बजा महोत्सवको स्वागतद्वारहरुले सजिएको छ । व्यापारीहरुको एकताको आधारकोरुपमा लिईएको महोत्सवमा विभिन्न स्थानबाट डेढ सय बढि स्टलहरु राखिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, अटो मोवाईलस, खाद्यन्न लत्ता कपडा लगायतको स्टल राखिएको सचिव दिनेश श्रेष्ठले बताए । महोत्सवबाट प्राप्त रकमले त्रियुगा नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न अतिथि सदन निर्माण गरिने लक्ष्या लिइएको छ ।’ अध्यक्ष भगतले त्रियुगा महोत्सव एक उपभोक्ता मेला समेत भएकाले उपभोक्ता  व्यवसायी विच प्रत्यक्ष सम्पर्क कायम गर्ने  उत्पादनको बारेमा बुझ्ने अवसरको रुपमा लिन सबैलाई आग्रह गरे । १० दिन सम्म चल्ने महोत्सवबाट करिव एक लाख पचास हजा दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवलाई आकर्षण थप गर्नका लागि दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिने छन् । महोत्सवमा वाल उद्यान लगात विभिन्न मनोरञ्जनात्मक खेलहरु संचालन गरिनेछ । मेलाको एसियनथाई फुड्स प्रालि  उदयपु सिमेण्ट उद्योग मुख्य प्रायोजक रहेका छन ।  महोत्सव संचालनमा संघले साठी लाख आम्दानी  ५० लाख खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । १० दिन सम्म संचालन हुने महोत्सव उदयपु लगायत छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सुनसरी, मोरङ लगायतका क्षेत्रबाट अवलोकन हुने आशा राखिएको छ । स्थानीय व्यापा प्रवद्र्धनको लागि भन्दै आयोजना गरिएको महोत्सवबाट एक करोड पचास लाख बढिको व्यापा गर्ने उद्देश्य राखिएको उपाध्यक्ष रमेश बिकले जानकारी दिए ।

121 पटक हेरिएकाे
Top