विद्युत सट हुँदा सेनाको व्यारेकमा आगलागि

E Naya Khabar Reporter २०७४ फागुन १४ गते सोमवार | Big News, मुख्य समाचार

 

उदयपुर, फागुन १३

भगेरो चराले विद्युत सट गराउँदा नेपाली सेनाको व्यारेकमा आगलागि भएको छ । आईतबार उदयपुरको त्रियुगा नगरपालिका–३ झुल्केमा रहेको नेपाली सेनाको श्री न. १८ नम्बर बाहिनी अड्डासहित सर्वसाधरणको घरमा आगलागिले क्षति पु¥याएको हो ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले व्यारेकले दिएको जानकारी अनुसार १० लाख बराबरको क्षति भएको छ । ‘विद्युतको तारमा भगेरो चरो बस्दा आगालागि भएको रहेछ,’ एसपी भट्टले भने, ‘सेनाको सवैभन्दा बढी क्षति भएको छ, मैले कसरी भन्नु, सर्वसाधरणको घरमा समेत क्षति पुगेको छ ।’ बाहिनीका उपसेनानी दिपबहादुर क्षेत्रीले विद्युत सर्टले बाहिनी अड्डामा पनि ठूलो क्षति भएको बताए । क्षेत्रीका अनुसार बाहिनीमा कम्प्युटर, प्रिन्टर, पंखा, हिटर, मोटर, टेलिभिजन लगायत थुप्रै विद्युतीय उपकरणमा जलेका छन । क्षति भएको बाहिनीका ड्युटी अधिकृत उपसेनानी दिपबहादुर क्षत्रीले बताए  । स्थानीय पत्रकार यदुप्रसाद ढकालका अनुसार भुल्केबासीको अधिकाँस घरको मिटर बक्समा आगालागि भएको छ । ‘टेलिभिजन, कम्प्युटर, पानी तान्ने मोटर लगायत अन्य विद्युतीय सामग्री सबै जलेर नष्ट भएका छन ।’, उनले भने, ‘घर सवै मान्छे हुने वेला भएकाले आगोले धेरै क्षति गर्न पाएन, नियन्त्राण लिन सफल भयौ ।’ ‘एक्कासी चट्याङ परे जस्तै आवाज आयो घर भरी धुँवा भरियो, मिटरबक्स जलेर आगो फैलन लागेको देखेर हतार हतार सुरक्षित भयौं,’ ढाकालले भने । त्रिनपा– ३ की वडासदस्य हरिमाया शाही ठकुरीले भुल्के र मोतिगडामा गरी २ सय भन्दा बढी घरमा क्षति पुगेको बताईन् । ‘अधिकाँस घरका मिटरबक्स, टिभी र कम्प्युटर जलेको छ,’ शाही ठकुरीले भनिन्, ‘गाउँभरीका विद्युतीय सामान धमाधम जल्न थालेपछि विद्युतको लाईन काट्न सफल भयौ ।’एघकार हजार हजार भोल्टको तारमा चरा बसेर विद्युत तार सट भएको हो । प्राधिकरण वितरण केन्द्र उदयपुरले भँगेराले विद्युत सर्ट गराउदा तार चुँडिन गई भुल्केमा आगलागी भएको वितरण केन्द्र प्रमुख रामअयोद्धा यादवले बताए । ‘सेनाको बाहिनीमा ठुलो क्षति भएको छ,’ उनले भने, ‘स्थानीयको घरको संख्या विवरण आउन बाँकी रहेको छ ।’ जलजले–गाईघाट खण्डको ११ हजार किलो भोल्टको विद्युत प्रसारण लाईनबाट भुल्केतर्फ लगिएको सबलाईनमा चराले बिद्युत तारको लाइनमा बसेर दुवै तार जोडिदा सर्ट भएको विद्युत प्राविधिकरण उदयपुरको भनाइ छ ।

113 पटक हेरिएकाे
Top