अनेरास्वियु उदयपुरमा अधिकारि सर्वसहमत

E Naya Khabar Reporter २०७४ फागुन ५ गते शनिवार | Big News, राजनीति

 

उदयपुर एमाले निकट बिध्यार्थि संगठन अनेरास्वियु उदयपुरकाे १५ अाै जिल्ला अधिबेशनले सराेज अधिकारिकाे नेत्त्रित्वमा ३९ सदस्य जिल्ला कमिटि गठन गरेकाे छ ।

जस्काे उपाध्यक्षमा केशब मगर,सचिवमा भुवन दाहाल,सह-सचिवहरूमा मिलन राई,किन्जल खत्रि तथा प्रवेश ठकुरि रहेका छन भने काेषाध्यक्षमा सिमा स्रेस्ठ चयन भएकि छिन यस्तै संगठन बिभाग प्रमुखमा टिएन भिमराैता र महिला बिभाग प्रमुखमा जानुका कार्कि चयन भएका छन ।

गत माघ २६ र २७ गते उदयपुरकाे गाईघाटमा अनेरास्वियु का केन्द्रिय कमिटि उपाध्यक्ष शैलेश लामाले उद्घघाटन गरेकाे अधिबेशनकाे बन्द सत्रमा निबर्तमान उपाध्यक्ष जिवनाथ दाहाल र सचिव हेम खड्का बिच अध्यक्षमा सहमति नभए पछि अध्यक्षमंडल र नेकपा एमाले उदयपुरलेस्थगित गरेकाे जिल्ला अधिबेशनले अाज पुर्णता पाएकाे हाे ।

93 पटक हेरिएकाे
Top