४ वर्ष अघि हराएको मोटर साईकल यसरी भेटियो……….

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | Big News, मुख्य समाचार

 

उदयपुर, फागुन २

चार वर्ष अघि काठमाण्डौबाट चोरीको मोटरसाईकल उदयपुरमा भेटिएको छ। ट्राफिक प्रहरीको सक्रियतामा नक्कली विल बुक र लाईसेन्स सहित चौदण्डीगढी नपा ८ का सिद्धिपुर बस्ने सन्तोष राईलाई मोटरसाईकल सगै पक्राउ पर्दा भेटिएको हो ।

मंगलबार काठमाण्डौको नरेफाटबाट २०७० मंसिर १२ गते हराएको बा४४प १९९८ नम्बरको पल्सर मोटर बेलका नगरपालिकाबाट नियन्त्रणमा लिईएको बेलका ट्राफिक प्रहरी प्रमुख गोविन्द पौडेलले जानकारी दिए। ‘मोटरसाईकल चालक राईको साथबाट नक्कली सवारी चालक अनुमती पत्र र सवारीधनी पत्र समेत बरामद भएको छ।’ ट्राफिक प्रहरी पौडेलले भने ‘चालक राई र मोटरसाईललाई जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ।’ चोरीको केश भएकाले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा मोटरसाईकल र आरोपी बुझाईएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक सुवास राईले बताए। सवारीका धनी सिन्धुली मधुटार ४ बस्ने पदम बहादुर रोक्का रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयमा रहेको उक्त मोटरसाईकल धनीलाई सम्पर्क गरेर जिम्मा लगाईने र पक्राउ परेका राईलाई कानुन अनुसार कार्वाही हुने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। केही महिना अघि मात्र बेलकामा ट्राफिक प्रहरी बस्न थालेको थियो।

110 पटक हेरिएकाे
Top