प्रणय दिवस र पुराणका प्रेम प्रसङ्ग

रामप्रसाद धिताल २०७४ फागुन २ गते बुधवार | Big News, विचार ब्लग

 

प्रेम र विवाह एकअर्काका परिपूरक हुन् भन्ने मान्यता छ, पूर्वीय परम्परामा। प्रेमपछिको विवाह वा विवाहपछिको प्रेम भन्ने भनाइ पनि छ। पूर्वीय परम्परामा दुवै किसिमको व्यवस्था भएको बुझिन्छ। धर्मशास्त्रमा बताइएका ८ प्रकारका विवाहमध्ये ब्राह्म, आर्ष, प्राजापत्य र दैव लाई उत्कृष्टको कोटिमा राखिएको छ। ब्राह्म विवाह– पितालगायत मान्यजनले दोस्रो पक्षका अभिभावकसँग कुरा पक्का गरी वरवधूको लगनगाँठो कस्ने काम।  मागी विवाहमध्ये अहिले प्रचलनमा रहेको ब्राह्म विवाह अहिले पनि प्रचलनमा छ। यहाँ विवाहपछि प्रेम उत्पन्न हुन्छ। अंकुराउँछ। उत्कर्षमा पुग्छ। यस प्रकारको विवाहमा कामवासना, लोभ लालचजस्ता पक्ष गौण रहन्छन्। वर्णाश्रम धर्मको दृष्टिले ब्राह्मणका लागि उपयुक्त। अन्य उद्देश्यभन्दा पनि गृहस्थाश्रम धर्मपालन गरी ब्रह्मज्ञान गर्ने तहसम्म पुग्नका लागि अन्य विवाह बाधक मानिन्छ।  विवाहअन्तर्गतको चतुर्थी कर्म गर्दा पढिने एक मन्त्रको भावार्थ यस्तो छ, हे दुलही ! मेरा प्राणका साथ तिम्रो प्राण, हाडहरूसित हाड, मेरो मासुसित तिम्रो मासु, मेरा छालासित तिम्रो छाला मिलाउँछु। यो प्रेमको चरम रूप नभए के होला? यसरी गाँसिएको सम्बन्ध जन्म–जन्मान्तरका लागि हो भन्ने सनातन मान्यता छ। कर्दम र देवहूतिको विवाहपछिको प्रेमालाप प्रसङ्ग श्रीमद्भागवत महापुराणको तेस्रो स्कन्धमा आउँछ।  अहिले चलेको प्रेम विवाह अर्थात् उत्कर्षमा पुगेको प्रेमलाई विवाहको रूप दिने चाहिँ गान्धर्व विवाह हो। यस प्रकारको विवाह वर्णाश्रमको दृष्टिले क्षत्रियादिका लागि उपयुक्त मानिएको छ। प्रेम विवाह नै भएपनि अहिलेजस्तो देखेको केही दिनमै मरिमेट्ने, बिहे गर्ने अनि केही समयमै पतिपत्नी बदल्ने परम्पराचाहिँ गान्धर्व विवाहमा पनि छैन। अरु ३ प्रकारका विवाह (आसुर, पैशाच र राक्षस) लाई निकृष्ट मानिएपनि धर्मशास्त्र र इतिहास पुराणमा समेत त्यसका सन्दर्भ आउँछन्। यी विवाहमा कामवासना, धन, अपहरण युद्धजस्ता पक्ष गाँसिएर आउँछन्।  गान्धर्व विवाहको उदाहरणस्वरूप सत्ययुगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले महादेवलाई गरेको प्रेम कम रोचक छैन। महादेव पति पाउन अनेक तीर्थ व्रत गर्दा पनि पार नलागी विष्णुसँग विवाह हुने भएपछि पार्वती भागेर घनघोर जंगलको बीचमा पुगिन्। तपस्या गरिन्। उनको प्रेमको अघि महादेवको पनि केही लागेन।  पुराणका केही चर्चित प्रेम प्रसङ्ग गान्धर्व विवाहको अर्को स्वरूप क्षत्रिय वा राजकन्याका लागि स्वयम्वरको व्यवस्था थियो। राजकुमारी विवाहयोग्य भएपछि यसैलाई लक्षित गर्दै राजाले अरु देशका राजा राजकुमारलाई आमन्त्रण गर्थे। योग्य ठानेको वरलाई राजकुमारीले माला पहिर्‍याइदिन्थिन्। अरु सबै हिस्स पर्थे। योग्यताको मापन वीरता, शूरता वा बुद्धिमता हुनसक्थ्यो। बलशाली पुरुष नै चयनमा पर्थे। जन्ती लिएर गएका बेहुलाको स्वयम्वर नभएसम्म विवाह प्रक्रिया अघि नै बढ्दैन। जनकपुर राजदरबारमा रहेको शिवधनु भाँची पुरुषार्थ देखाएपछि नै रामलाई सीताले वरमाला पहिर्‍याइन्। रामका तीन भाइको विवाह पनि सीताकै बहिनीहरूसँग भयो। अर्थ नबुझेरै अचेल मागी विवाह र प्रेम विवाहमा पनि स्वयम्वर अनिवार्य मानिएको छ। गान्धर्व विवाहको उदाहरणस्वरूप सत्ययुगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले महादेवलाई गरेको प्रेम कम रोचक छैन। महादेव पति पाउन अनेक तीर्थ व्रत गर्दा पनि पार नलागी विष्णुसँग विवाह हुने भएपछि पार्वती भागेर घनघोर जंगलको बीचमा पुगिन्। तपस्या गरिन्। उनको प्रेमको अघि महादेवको पनि केही लागेन। विवाह भयो। माघ महिनामा हिन्दू नेपालीका घर–घरमा पढिने श्रीस्वस्थानी व्रतकथामा उनीहरूबीचको प्रेमालापको वर्णन छ।  प्रेमको सन्दर्भ उठाउँदा पूर्वीय परम्परामा कामदेव र रतिको नाम छुटाउन मिल्दैन। कामदेवलाई यौन भावना उत्पन्न गराउने देवता र रतिलाई कामक्रियाको अर्थले पनि लिइएको छ। प्रेम र शारीरिक सम्बन्ध पनि जोडिएर आउने पक्ष हुन्। पूर्वीय परम्परामा प्रेमका लागि शारीरिक प्राप्ति हुनैपर्छ अथवा विवाह हुनैपर्छ भन्ने पनि थिएन। यसको उदाहरण हुन्, कृष्ण र राधा। राधा कृष्णलाई औधी चाहन्थिन् र कृष्ण पनि तर परिस्थिति प्रतिकूल भयो। कृष्ण गोकुल छोडेर मथुरातिर लागे।  राधा र कृष्णको विवाह हुन पाएन तैपनि हिन्दू समाजमा राधा–कृष्णको जोडीको नाम अझै श्रद्धापूर्वक लिइन्छ। प्रशंसा हुँदैछ। कृष्णकै अर्को प्रेमकथा– रुक्मिणी कृष्णलाई चाहन्थिन्। उनका दाजु र बाबु कृष्णलाई मन पराउँदैनथे। रुक्मिणी अरुलाई नै दिइसकेका थिए। फलस्वरूप कृष्णले हरण गरी उनीसँग विवाह गरे। विवाहपछि पनि कति प्रेम गर्थे भन्ने सन्दर्भ श्रीमद्भागवतको दशम स्कन्धमा आउँछ।  कृष्णका नाति अनिरुद्ध र असुर वाणासुरकी छोरी उषाकी छोरीको प्रेम प्रसङ्ग पनि उल्लेख्य छ । सपनामा देखेको पुरुष उषालाई नभई भएन। छोरीले इच्छा गरेको व्यक्ति दिलाउन बाबुले कुनै कसर बाँकी राखेनन्। अनेक तरहले खोजी भयो। अन्त्यमा चित्रकारलाई उषाको भनाइअनुसारको तस्वीर बनाउन लगाउँदा अनिरुद्ध पो निस्के। बाणासुर र श्रीकृष्णको दुश्मनी थियो। प्रेम कसरी सफल पार्ने ? अनिरुद्धलाई अपहरण गरी अन्तःपुरमा ल्याइयो। विवाह भयो। क्रोधित बाणासुरले चाल पाई अनिरुद्धलाई कारागारमा हालिदिए। पछि कृष्ण आएर घनघोर युद्धमा जिती यो जोडीको उद्धार गरे। श्रीमद्भागवतमै अर्जुन कृष्णकी बहिनी सुभद्राबीचको सन्दर्भ आउँछ। दाजु कृष्ण अर्जुन र सुभद्राबीचको प्रेमको पक्षमा भए पनि बलराम आदि विपक्षमा रहेका थिए। अर्जुनले सुभद्रालाई हरण गरी बिहे गर्नुपर्ने स्थिति आयो। महाभारतमा दुश्यन्त र शकुन्तलाको प्रेम प्रसङ्ग छ। शिकार खेल्न आएका दुश्यन्त र कण्व ऋषिको आश्रममा रहेकी शकुन्तलाबीच प्रेम बस्यो। गान्धर्व विवाह भयो। पछि विछोड पनि भयो। दरबारमा फर्केपछि राजाले आफ्नी पत्नी र सन्तानलाई समेत चिनेनन् तर पछि पुनर्मिलन भयो। यसै विषयलाई लिएर संस्कृत महाकवि कालिदासले अभिज्ञान शाकुन्तल लेखे। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्य तयार पारे। महाभारतमै नल र दमयन्तीको प्रेम प्रसङ्ग पनि उल्लेख्य छ। महाभारतमा दुश्यन्त र शकुन्तलाको प्रेम प्रसङ्ग छ। शिकार खेल्न आएका दुश्यन्त र कण्व ऋषिको आश्रममा रहेकी शकुन्तलाबीच प्रेम बस्यो। गान्धर्व विवाह भयो। पछि विछोड भयो। यसै विषयलाई लिएर संस्कृत महाकवि कालिदासले अभिज्ञान शाकुन्तल लेखे। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्य तयार पारे। महाकवि कालिदासको चर्चित कृति मेघदूत पनि प्रेमकै सन्दर्भलाई उठाएर लेखिएको मार्मिक कृति हो। कुवेरको अलकापुरीबाट निष्कासित भएको यक्ष रामगिरि पर्वतमा पुगेर बस्न थाल्छ। वर्षाकालमा मेघ (बादल) मडारिँदै गर्दा उसलाई प्रेमिकाको सम्झनाले सताउँछ। अलकापुरी पनि फर्किन नसक्ने अवस्थामा रहेको यक्ष आफ्नो सन्देश प्रेमिकाकहाँ पठाउने बाहक खोज्न थाल्छ तर पाउँदैन। उसले त्यही बादललाई दूत बनाएर सन्देश पठाउने सोच्छ। आफ्नो प्रेमको विरह गाथा र मेघलाई आफ्नी प्रेमिकासम्म पुग्ने बाटोहरूको वर्णन यस काव्यमा छ। संस्कृत भाषाका अन्य काव्यकारहरूले पनि प्रणयको विषयलाई आफ्ना रचनामा मार्मिक ढङ्गले समेटेका छन्। हाम्रै मौलिक प्रणय दिवस पश्चिमाहरूले फेब्रअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा प्रेमदिवस अर्थात् प्रणय दिवस मनाउने गरेका छन्। केही वर्षयता आएर नेपालमा पनि यो संस्कृतिले व्यापकता पाइसकेको छ। प्रेमको नाममा पश्चिमाहरूले गर्ने आचरण र पूर्वीय संस्कृतिमा रहेको मान्यता फरक रहेको माथिका पंक्तिहरूले पनि प्रष्ट पार्छन्। घोषित रूपमा नभए पनि तीज, श्रीपञ्चमी, स्वस्थानी पूर्णिमा जस्ता पर्वले प्रेम दिवसको झल्को दिन्छन्।  श्रीपञ्चमीका दिन प्रेमका प्रतीक रति कामदेवको सन्दर्भ जोडिएकाले यस दिनलाई प्रेम दिवसका रूपमा मनाउन सकिन्छ। यस्तै तीजका बेला महिलाले आफ्ना पतिको दीर्घायुको कामना गरेर व्रत बस्छन्। सनातन मान्यताअनुसार धर्मकर्म गर्दा पतिपत्नी दुवैको आवश्यकता पर्दछ। त्यसैले दुवैले एकअर्काको दीर्घायुको कामना गरी तीज मनाउन सक्छन्। अनुकूलताअनुसार व्रत बस्न सक्छन्। विशेषगरी उपत्यकाका महिलाले महिनाभरि व्रत बसी माघ शुक्ल पूर्णिमा दिन स्वस्थानीलाई चढाएका प्रसादमध्ये आफ्ना अर्धांग वा अर्धागिनीलाई दिने र प्रेम दर्शाउने दिन प्रेम दिवसभन्दा कम कहाँ हो र !   साभार थाहाखवर

105 पटक हेरिएकाे
Top