मास्टरको तलवभन्दा सुन्तला जागिर तेब्बर कमाउने शिक्षक ठकुरी

E Naya Khabar Reporter २०७४ फागुन २ गते बुधवार | Big News, अर्थ

 

उदयपुर, फागुन २
जागिर अर्थात मासिक रुपमा कमाइ हुने पेशामा आवद्ध नभएका जो कोहीको एक मात्र लक्ष्य हुन्छ, सरकारी जागिरे बन्ने, नसके गैर सरकारी समेत हुने। तर, कोही यस्ता व्यक्ति छन, जो जागिरबाट सन्तुष्ट नभएर अन्य व्यवसाय समेत गर्दछन। त्यसैको उदाहरण मान्न सकिन्छ, ताप्ली गाँउपालिका उदयपुर १ ओख्लेका शिक्षक तोपबहादुर ज्यु ठकुरी।
जागिरबाट सन्तुष्ट नभएर व्यवसायिक सुन्तला उत्पादनमा लागेका ठकुरी अहिले वर्षेनी ६ देखि ८ लाखसम्म कमाउँछन। ‘जागिर खाएँ, तर, सरकारी बन्न सकिन,’ सुन्तलाको बगैँचामा भेटिएका ठकुरीले भने, ‘अस्थायी शिक्षक हुँ, पटक÷पटक स्थायीको लागि परिक्षा दिए, लिखि त पास गरेँ दुरभाग्य भयो, मैखिमा नाम निकाल्न सकिन, अनि सरकारी पनि भइँन।’
ताप्ली गाँउपालिका १ ओख्लेमा रहेको पिपलभन्ज्याङ माध्यामिक विद्यालयमा अस्थायी शिक्षकको जागिर गर्दै अहिले सुन्तला उत्पादनमा जुटेका छन। झण्डै १६ वर्ष अध्यापन पेशमा अनुभव संगालेका ज्यु ठकुरी अहिले जिल्लाकै उत््कृष्ठ कृषकमा पर्दछन। ‘मैले पाएका सम्मान पुरस्कारको कुनै लेखाजोखा छैन,’ उनले भने, ‘जो आउँछ, सम्मान गर पुरस्कृत मात्र गर्दछ।’
शिक्षकको जागिरभन्दा दोब्बर कमाई सुन्तला उत्पादनले दिएको ठकुरीको दावी छ। ‘मैले शिक्षको जागिरबाट वार्षिक रुपमा धेरै कमाए दुई लाखसम्म त हो नी,’ सुन्तलाबाट लिएको आम्दामी व्यख्या गर्दै उनले भने, ‘वार्षिक रुपमा एक लाख ५० हजारसम्म लगानी गर्दछु, वर्सेनी ७ देखि ८ लाखसम्म आम्दामी लिन्छु।’
आफुसँगै शिक्षक पेशमा लागेका साथीहरुभन्दा धेरै भाग्यमानी रहेको समेत दावी गर्दछन। ‘मैले अस्थायी शिक्षक पेशाको भर मानिन, अनि विकल्पको रुपमा गरेको सुन्तला खेतीले मलाई अहिले लखपति बनाइदिएको छ,’ उनले भने, ‘सरकारले अस्थायी शिक्षकलाई जे दिलए विदाई गर्छ, त्यही लिएर अव छाडिदिन्छु।’
विद्यालय छेउमै घर भएका ठकुरीले आफुसँगभएको जम्मा १४ रोपनी जग्गा सुन्तला खेती गरेका छन। तीनसय ६२ बोटबाट बर्सेनी आम्दामी लिइरहेका छन, भने एक सय ३० बोट नयाँ हुर्कारहेका छन। अव जागिर छाडेर त्यही सुन्तालाको बोटमा रमाउने तयारी ठकुरीले गरेका छन।
ठकुरीको पाँच वर्षे सुन्तला अम्दामी यस्तो छ ?
ठकुरीका अनुसार ०७० सालबाट उनले आम्दामी लिन थालेका हुन। रोपेको तीन चार वर्षमा मात्र फल दिन गर्दछ। उनको पहिलो वर्ष २०७० सालमा २ लाख, ०७१ सालमा २ लाख ५० हजार, ०७२ सालमा ६ लाख, ०७३ सालमा ७ लाख २५ हजार र ०७४ सालमा २४ हजार खुद आम्दामी गरेका छन।
वर्षेनी ठकुरीको सुन्ताल आम्दामी बढ्दै गएको छ। ‘म खर्च कटाएर मात्र आम्दामी छुट्याउँछु,’ उनले भने, ‘कुनै वेला दुई लाखसम्म खर्च गर्नु परेको छ, आप्mनो श्रम, औषधी र हेरालु सहित राख्दा।’ ‘खर्च नकटाई भन्ने हो भने मेरो सुन्तलाको कमाइ भनेको ८ देखि ९ लाखसम्म हुने गरेको छ, उनले हसिँलो अनुहार पार्दै भने।’
अहिले ठकुरीसँग भएको जम्मा जग्गा १४ रोपनीमा सुन्तलाको मात्र खेती गरेका छन भने बाँकी रहेको १६ रोपनीमा तीनसय ६० बोट कागतिको खेती सुरु गरेका छन। ‘कागति भर्खरै रोपेको छु,’ ठकुरीले भने, ‘आम्दामी दिएको छैन, हुर्कदै छ।’
यसकारण सुरु गरेको ठकुरीले सुन्ताल खेती?


०५२ सालदेखि ठकुरी शिक्षण पेशमा आवद्ध भएका हुन। ‘शिक्षक बनेर जव गाँउकै विद्यालयमा पढाउन थालेपछि धेरै पटक स्थायी हुने प्रयास गरे,’ ठकुरीले भने, ‘विभिन्न पटक शिक्षक सेवा आयोगको लिखित परिक्षा पास गरे पनि मौखिमा नाम निकाल्न सकिन, अनि वैकल्पिक पेशमा व्यवसायिक सुन्ताला खेतीमा लागे।’
अस्थायी शिक्षक भएर जीविकोपार्जन गरिरहेको वेला गाँउमै पुग्ने सडक निर्माण सुरु भयो। सिद्धिचरण लोकमार्गको वेतेनी भन्ज्याङदेखि रुपमाटार जोड्ने सडक निर्माण भएपछि उनले सुन्ताला रोप्न थालेका हुन। ‘मलाई सुन्ताल खेती गर्ने मन जव धनकुटा जिल्लातिर भएको सुन्ताला खेती देखेको थिए,’ उनले भने, ‘धनकुटा तथा पाल्पतिरको सुन्ताला खेती देखेपछि मैले पनि आप्mनो बारीको माटो परिक्षण गरेर सुन्ताला खेती सुरु गरेको हुँ।’
सुरु सुरुमा सुन्तालाको विरुवा रोप्दा धान, मकै, कोदो तथा भटमास फल्ने बारी सखाप पारेको गाँउलेले आरोप लगउँथ्ये। पछि सुन्तालको विरुवा हुर्कदै गएपछि गाँउलेहरु पनि सुन्ताला खेतीमा आर्कषित भएको ठकुरीको भनाइ छ। ‘सुरु सुरुमा खाने अन्न मास्यो भन्नेहरु गाँउले साथीहरु अहिले सुन्ताला खेतीमा आर्कषित भएका छन,’ उनले भने, ‘उनिहरुलाई पनि मैले सिकेका कुरा सिकाउन थालेको छु, विद्यालयमा पढाँउदा पनि विद्यार्थीलाई जागिरभन्दा व्यवसाय गर्दा राम्रो हुन्छ भन्छु।’
कृषी क्षेत्रनै स्वरोजगरा बन्ने मुख्य आधार भएको बताउने ठकुरीले छोरोलाई समेत कृषिमा स्नातक गराएका थिए। ‘छोरोलाई कृषि पढाए, तर, छोरोले नेपाल आर्मीमा जागिरे भयो, मेरो कुरा मानेन।’,४ छोरी र एक छोरका पिता रहेका ठकुरीले सन्तानको शिक्षा दिक्षाको लागि समेत सुन्तला खेती रोजेको बताउँछन। ‘मेरो सन्तान जम्मा ५ जना हुन,’ उनले भने, ‘तिनिहरुलाई शिक्षा दिक्षाको लागि समेत सुन्तला खेती गर्नु विकल्प आएन, त्यही भएर पनि गरेको हुँ, मैले सुन्ताला खेती सुरु गरेपछि सवैलाई देशको राजधानी काठमाण्डौमै राखेको पढाएको छु।,’
सुन्ताला उत्पादन र बजारमा भएका समस्य जोनले गर्छ की ?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई पनि ठकुरीको सुन्तालको पौरखका कारण स्थापन भएको छ। उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने सोरुङ छबिसे, ओख्ले, रुपाटारमा ५ सय हेक्टर क्षेत्रफलमा व्यवसयीक सुन्तला उत्पादनको तयारी गरिएको छ।
कृषि उत्पादन तथा प्रशोधन केन्द्रमा (सुन्ताला जोन) बिकास कार्यन्वयनको लागि कर्यालय स्थापना भएपछि ठकुरी पनि आप्mना समस्या सामाधन हुने बताउँछन। ‘बजार पु¥याउने समस्या, बजारमा मुल्य नपाउने समस्या लगायतका धेरै छन,’ ठकुरीले भने, ‘मैले उत्पादन गरेको सुन्तला वेमौसममा बेच्न पाउँदिन, भारतको सुन्तला बजारमा भेट्छु,’ ठकुरीले भने, ‘यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालयले राहत दिनेछ भन्ने मेरो आशा छ।’
सुन्ताला जोनको कार्यालय सोरुङ छबिसेको बेतेनीमा स्थापना गरिएको जोन प्रमुख बिरष्ठ कृषि बिकास अधिकृत दिपक अधिकारीले बताए। कृषि विकास मन्त्रालय अन्तर्गत रुपाटार, ओख्ले, सोरुङ छविसे र थप लिम्पटारमा १० वर्षका लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन गर्न भइरहेको छ। ‘यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ’ जोन इकाई कार्यालयका प्रमुख अधिकारी भने ‘पहिलो चरणमा ओख्ले, सोरुङ छबिसे गाविसमा कार्यक्रम सञ्चालन गरि गएको वर्ष नयाँ विरुवा रोप्ने काम गरेका छौ। जिल्ला कृषिक बिकास कार्यालय उदयपुरको तथ्यङक अनुसार दुईसय ५२ हेक्टर क्षेत्रफलमा सुन्तल खेती हुँदै आएको छ।

119 पटक हेरिएकाे
Top